च्याम्पियन्स लिग: पेरिस सेन्ट जर्मन विरुद्ध रियल मड्रिड

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत पेरिस सेन्ट जर्मेन र रियल म्याड्रिडबीचको पहिलो लेगको खेल मंगलबार राति पार्क डेस प्रिन्सेसमा हुँदैछ।

पेरिसका स्टार नेयमार भने चोट पछि पुनः टोलीमा फर्कने अपेक्षा गरिएको छ, तर ब्राजिलियन फरवार्डलाई भने एम्बाप्पे र लियोनल मेस्सी संगै सुरुवाती आक्रमणमा ल्याउने सम्भावना भने न्यून रहेको छ।

अर्का खेलाडी ड्यानिलो फिर्ता हुनेछन् तर पूर्व ब्लानकोस लेजेण्ड सर्जियो रामोसले खेल भने चोटका कारण गुमाउने अपेक्षा गरिएको छ।

अर्का दिग्गज खेलाडी लियोनल मेस्सीको प्रदर्शनले पनि पेरिसको आगामी दिनको भविष्य कोर्ने पक्का छ। केहि साता यता उच्च लयमा देखिएका मेस्सीलाई रोक्न पेरिसले ठुलै संघर्ष गर्नुपर्ने पक्का छ।

रियल म्याड्रिडको लागि करिम बेन्जेमाले चोटका कारण पछिल्ला तीन खेलहरू खेलेका छैनन तर उनको उपस्थितिले पेरिसमा आउने नतिजामा ठुलो फरक पर्ने छ।

राम्रो लयमा रहेका भिनीसियसलाई रोक्न पेरिसलाई सजिलो छैन। बेन्जेमा जत्तिकै प्रभाब छाड्न सक्ने खेलाडीका रुपमा उनि बिकसित भइसकेका छन्।

पीएसजीका लागि च्याम्पियन्स लिग जत्तिकै महत्त्वपूर्ण अरु उपाधि छैन। घरेलु सफलता पोचेटिन्होलाई पेरिसमा राख्न पर्याप्त छैन, र मौरिसियो पोचेटिनोलाई थाहा छ कि युरोपेली सफलता भनेको पेरिसका मालिकहरूले कुनै पनि कुरा भन्दा बढी चाहने कुरा हो।

तर उतारचढाव देखिरहेको पेरिसले यस सिजनको प्रतियोगिताको समूह चरणमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकेन, छ खेलबाट ११ अंक उठाउँदै म्यानचेस्टर सिटी पछि समूह ए मा दोस्रो स्थानमा रहँदा अर्को चरणमा पुग्न भने पर्याप्त बनेको थियो।

फ्रान्सेली दिग्गजहरू अन्ततः युरोपेली महाशक्ति बनेदेखि नै उनीहरूको लक्ष्य रहेको युरोपियन कप उचाल्न उत्सुक छन्, र पहिलो लेगमा उनीहरूको दृष्टिकोण हेर्न पाउँदा रोमाञ्चक हुनेछ, किनकि दोस्रो लेग बर्नाबेउमा भएको कारणले केहि हद सम्म रियलला मड्रिडलाई फाइदाजनक रहेको छ।

कार्लो एन्सेलोटीको टोली प्रतियोगिताको नकआउट चरणमा पुग्न, १५ अंकसहित समूह डीको शीर्ष स्थानमा उक्लेको थियो।उनीहरूले यो सिजन दोहोरो लक्ष्य पछ्याउँदै छन्।

हाल ला लिगाको शीर्ष स्थानमा रहेको मड्रिड शनिबार भिल्लारियलसँगको गोलरहित बराबरीपछि दोस्रो स्थानमा रहेको सेभिल्लाभन्दा चार अंकले अगाडि रहेको छ।

रियल म्याड्रिडले लिग वानका क्लबहरू विरुद्ध आफ्ना अघिल्ला १६ अवे खेलहरू मध्ये छ जित, तीन बराबरी र सात हारेको छ। जबकि पेरिस विरुद्ध सबै प्रतियोगिताहरूमा आफ्ना १० खेलहरू मध्ये चार जित, तीन बराबरी र तीन हारेका छन्, दुई टोलीको पछिल्लो खेल १९-२० को सिजानमा भएको थियो।

पहिलो खेलमा रियललाई आफ्नो घरेलु मैदानमा ३-० ले हराएको पेरिसले, बर्नेबाउमा २-२ को बराबरी खेलेको थियो।

Leave a Reply

Next Post

संसारकै सबैभन्दा महँगा डिफेन्डर, खेल आधा पैसाको पनि देखाऊदैनन

Tue Feb 15 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, ,काठमाडौं| ह्यारी म्यागुइर जब उनी २०१९मा लेस्टर सिटीबाट म्यानचेस्टर युनाइटेडमा ७८ मिलियन पाउन्डमा सरे, उनि माथि एक अपेक्षा राखिएको थियो। जब एक खेलाडीलाई यति धेरै पैसाको लागि अनुबन्धित गरिन्छ उनी बाट धेरै उच्च स्तरमा प्रदर्शन गर्ने अपेक्षा गरिन्छ, तर म्यागुइरको क्लबमा उनको साढे दुई वर्षको प्रदर्शन सोचेको भन्दा […]
%d bloggers like this: