च्याम्पियन्स लिग: म्यानचेस्टर सिटि विरुद्ध एटलेटीको मड्रिड

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल खेलहरु यसैसाताबाट सुरु हुँदैछन्।

अन्तिम ८ अन्तर्गत यसैसाता हुने ठूला जम्काभेट मध्येको एक हो म्यानचेस्टर सिटि बिरुद्ध एटलेटिको मड्रिडको खेल। 

क्वार्टरफाईनलको पहिलो लेगमा सिटिले घरेलु मैदान इतिहाद स्टेडीयममा एटलेटिकोको सामना गर्नेछ

युरोपेली च्याम्पियन्स लिगमा पछिल्लो एक दशकमा निकै राम्रो प्रस्तुति दिए पनि दुबै टोलीले अहिलेसम्म उपाधि जित्न भने सकेका छैनन्।

स्पेनिस च्याम्पियन एथ्लेटिको मड्रिड सन् २०१३ र १५ को सत्रमा लगातार दुईपटक फाइनलमा पराजित भएको थियो।

अर्कोतिर इङ्लिस फुटबलमा लगातार आफ्नो दबाब बनाइरहेको म्यानचेस्टर सिटि भने गतबर्ष चेल्सीविरुद्ध उपविजेतामा सिमित भएको थियो।

पछिल्ला चार सिजनमा प्रमुख दाबेदार रहेतापनि म्यानचेष्टर सिटीले युरोपियन फुटबलमा सोचेअनुसारको नतिजा पस्किन सकिरहेको थिएन।

तर यस सिजन भनेको टोलीमा मुख्य स्ट्राइकर नभएपनि म्यानचेष्टर सिटीले उक्त ठाउँको कमी हुन दिएको छैन र टोलीका हरेक क्षेत्रबाट निरन्तर आइरहेका छन्।

पछिल्लो चार सिजनमा म्यानचेष्टर सिटीको सम्भवत सबैभन्दा सन्तुलित टोली अहिलेको रहेको छ। 

प्रिमियर लिगमा पनि अहिलेसम्म केवल ३ हार ब्यहोरेको सिटि शीर्ष स्थानमा रहेको छ भने च्याम्पियन्स लिगमा केवल एकपटक पीएसजीसँग पराजित भएको थियो।

नकआउट चरणमा म्यानचेष्टर सिटीले लिस्बन विरुद्ध सहज जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो।

अर्को तिर एथ्लेटिको मड्रिडले पनि सिजनको उत्तरार्धमा आएर आफ्नो फर्मलाई सुध्रिढ गरेको छ भने अर्को वर्ष च्याम्पियन्स लिगमा छनौट हुने आशालाई जिवितै राखेको छ।

प्रिक्वाटरफाइनलमा म्यानचेष्टर युनाइटेडलाई उसकै घरेलु मैदानमा पराजित गरेको एटलेटिकोले पछिल्ला पाँच खेलमा लगातार जित निकाल्न सफल भएको छ।

अझ रोचक तथ्य के हो भने म्यानचेष्टर सिटी र एथ्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिगमा पहिलोपटक आफ्नो एकअर्काविरुद्ध आमनेसामने छन्।

परम्परागत रक्षात्मक शैली अपनाउने सिमियोनी विरुद्ध भने म्यानचेष्टर सिटीलाई सहज हुनेछैन।

आवश्यक परेको खण्डमा लो ब्लक र मिड ब्लक दुवै तरिकामा निकै खुम्चिएर, पिचको फाइनल थर्डमा धेरै ठाउँ नदिने भएकाले एटलेटीको विरुद्ध गोल निकाल्न निकै गाह्रो हुने गर्दछ। 

स्पेनिस च्याम्पियन एथ्लेटिको मड्रिडले  पछिल्लो दुई महिनामा निकै सुधारिएको प्रदर्शन गरिरहेको छ।

म्यानचेष्टर सिटीको कमजोरी भनेको काउन्टर अट्याकमा विपक्षीका द्रुत गतिका फरवार्डहरुलाई आफ्नो वसमा लिन नसक्नु रहेको छ।

स्पर्श विरुद्धको खेलमा पनि सिटीले यस्तै तरिकाले खेल गुमाउन पुगेको थियो।

एथ्लेटिको मड्रिडले पनि सोही तरिका अपनाउने भएकाले सिटीलाई एट्लेटिको मड्रिडका विंगरहरुलाई तह लगाउनु मुख्य चुनौती हुनेछ। 

च्याम्पियन्स लिग अन्तर्गत दुई टिम बीचको दोस्रो लेग १४ अप्रिलमा एटलेटिकोको घरेलु मैदानमा हुनेछ

 

 

Leave a Reply

Next Post

एएफसि कप : मछिन्द्र र ब्लु स्टार आज भिड्दै

Tue Apr 5 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपालकोे ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबले ए.एफ.सी कपमा आज ब्लुस्टार विरुद्ध खेल्दैछ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेल एएफसि कपको पहिलो चरणको खेल रहेको छ। मच्छिन्द्रले दोस्रोपटक एएफसिमा सहभागिता जनाउने भाग्य जुराएको हो। यसअघि लाईसेन्सका कारणले गर्दा कप खेलबाट मछिन्द्र सहभगी हुनबाट बञ्चित भएको थियो।  […]
%d bloggers like this: