हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपकै प्रतिष्ठित च्याम्पियन्स प्रतियोगताको फाइनल प्रवेशका लागि आज रियल मड्रिड र म्यानचेस्टर सिटि भिड्दै छन्।
युरोपेली लिग अन्तर्गत दोस्रो सेमिफाइनलको दोस्रो लेग अन्तर्गत, यस लेगको बिजेता क्लबले लिभरपुल विरुद्ध पेरिसमा फाईनल खेल खेल्नेछन।
सेमिफाइनलको पहिलो लेग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटिले मड्रिड विरुद्ध ४-३ को रोमान्चक जित निकालेको थियो।
यसअघि नक आउट चरणमा पेरिस विरुद्ध पहिलो लेगमा हार व्यहोरेको रियल मड्रिडले सनसनीपूर्ण पुनरागमन गर्दै आफ्नो घरेलु मैदानमा शानदार जित निकालेको थियो।
आफ्नो घरेलु मैदान सान्टियागो बर्नेबाउमा घरेलु दर्शकदीर्घा माझ जादुयी प्रदर्शन देखाउने अपेक्षाका साथ किर्तिमानी ३५ पटकको लालिगा च्याम्पियन रियल मड्रिड मैदानमा उत्रने पक्का छ।
स्पेनिस शिर्ष डिभिजन जितिसकेको हुनाले मड्रिडलाई अब च्याम्पियन्स लिग बाहेक अन्य कुनै प्रतियोगिताको दबाब छैन।
त्यसैले पनि म्यानचेस्टर सिटि बिरुद्ध थप आक्रमक र खुलेर प्रदर्शन गर्ने कुरामा विश्वस्त रहन सकिन्छ।
अर्कोतिर आफ्नो पहिलो युरोपेली ट्रफीका लागि चरण संघर्ष गरिरहेको इंग्लिस महारथी सिटिलाई पहिलो लेगमा अग्रता बढाउन नसक्नुले पिरोल्न सक्नेछ।
लिगमा पनि लिभरपुलको दबाब झेलिरहेको सिटिले दुई प्रमुख उपाधिमा आफुलाई निकै कठिन अवस्थामा उभ्याएको छ।
पहिलो लेगमा जित हात पारेको इंग्लिस च्याम्पियन नै यस लेगमा पनि प्रमुख दाबेदार भएता पनि, रियल मड्रिडको इतिहास र घरेलु मैदानमा उसको प्रदर्शनलाई नकार्न सकिँदैन।
म्यानचेस्टर सिटीका लागि उसका भरपर्दा मिडफिल्डर केभिन डी ब्रुनको प्रदर्शनले आज पनि यस खेलमा ठूलो महत्व राख्नेछ।
रियल विरुद्धको पहिलो लेगको जितमा प्रमुख भूमिका खेलेका केभिनकै नेतृत्वमा बर्नेबाउमा पनि मड्रिड भन्दा एक कदम अघि रहने योजनामा हुनेछ।
रियल मड्रिड भने उसका लागि उच्चस्तरीय फर्ममा रहेका बेन्जेमा र भिनिसियस जुनियरको व्यक्तिगत र सामूहिक प्रदर्शनमा निर्भर रहने छ।
खेल नेपाली समय अनुसार बुधबार बेलुकी १२:४५ मा हुदैछ।