हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। च्याम्पियन्स लिगको समुह डि अन्तर्गत भएको खेलमा, इन्टर मिलान र शाख्तरबिचको खेल बराबरीमा टुङ्गिएको छ।
समूह डि मा रहेका टोलीहरु भने यसप्रकार छन् : रियल मड्रिड, फुटबल क्लब शेरिफ, इन्टर मिलान र शाख्तर। आजको खेल पछिको अंक तालिका हेर्दा, टोलिहरुको स्थान माथि उल्लेख गरेनुसार रहेको हो।
आफ्नै घरेलु मैदानमा जित हासिल गर्न नसक्दा इन्टर मिलान माथि लिगको अर्को समूहमा छनोट हुने दबाब परेको छ। अहिले सम्म कुनै पनि खेल नजितेको इन्टरको मात्र एक अंक रहेको छ भने रियल मड्रिद र शेरिफको ३,३ अंक रहेको छ।
नियमानुसार सबै लेगका खेलहरु सकिदा, पहिलो र दोस्रो स्थानमा रहेका टोलीले च्याम्पियन्स लिगको अर्को सिडि चड्ने छन् भने तेस्रोमा रहेको टोलीले युरोपा लिगमा प्रतिस्पर्धा गर्ने छ र अन्तिम स्थानमा भएको टोलि युरोपियन प्रतियोगिताहरु बाट बाहिरिने छ ।
खेलका प्रमुख हाइलाइटहरुमाथि विश्लेषण गर्दा,
११ औ मिनेट, शाख्तारका खेलाडि ट्राओर घाइते हुदा उनलाई परिवर्तन गर्दै, टेटेलाइ भित्र्याइयो।
१५ औ मिनेट, बरेलाले राम्रो ढंगबाट देब्रेतर्फबाट चल्ल्याउदै बललाइ टप राइट कर्नरमा गोल गर्ने प्रयास गरे, र उक्त प्रहार क्रसबारमा ठोकिदा, गोल हुन सकेन।
२० औ मिनेट, सोलोमोन डरलाग्दो प्रयासलाइ इन्टरका किपरले रोकेका थिए जुन रिबाउण्ड हुदा टेटेले अर्को प्रयास गर्ने मौका पाए, र उनको यस प्रहार भने फराकिलो अन्तरले बाहिर गयो।
हाफ टाइम: इन्टर ०:० शाख्तर
४९ औ मिनेट, स्क्रिनियरले डोडोको प्रयासलाइ बचाउ गर्दै गोललाइ असफल पारिदिएका थिए ।
८१ इन्टरका डम्फ़्राइसलाइ पहेलो कार्ड देखाएर दण्डित गरियो ।
८७ मिनेट, प्याटोबको उत्कृष्ट बचाउले इन्टरक कोर्रियाको गोल गर्ने प्रयासलाइ असफल पारिदिए। दोस्रो प्रयास गर्ने मौका पाएका डि भ्रिजले गरेको हेडरले कर्नरको रुप लियो।
८९ औ मिनेट, चल्हानोग्लुले बक्सको किनारमा पाएको मौकालाइ, समय न लि प्रयास गर्ने हुदा इन्टरले अर्को असफलता पाएको हो, र खेल अन्तत गोल्बिहिन बराबरीमा सकियो।