छनौट चरणमा कुल १४ गोल खाँदै बाहिरियो नेपाल

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी अण्डर २३ एसियन कप छनौट चरणको तेस्रो खेलमा पनि नेपालले लज्जास्पद हार ब्यहोरेको छ।

लेबनान विरुद्ध आइतबार दिउँसो भएको खेलमा ४-० को हार बेहोर्दै नेपाली टोली प्रतियोगिताबाट बाहिरिएको छ।

यसअघि भएका समुह चरणका खेलमा पनि अङ्क बटुल्न नसकेको टोली एकपटक पुनः जीत बिनै घर फर्कने भएको छ।

प्रतियोगितामा ३ खेलमा कुल १४ गोल खाएको नेपाली टोलीले कुनैपनि प्रतिद्वन्दी विरुद्ध एकै गोल पनि फर्काउन सकेन।

छनौट चरणमा दोस्रो खेल सकिँदासम्म नेपाल र लेबनान अङ्कविहीन रहेका थिए।

ईरान विरुद्धको पहिलो खेलमा ४-० ले पराजित भएको नेपाली राष्ट्रिय टोली आयोजक राष्ट्र ताजकिस्तान विरुद्ध ६-० ले पराजित भएको थियो। नेपाललाई पराजित गरे पनि लेबनान भने नेपाल सँगै प्रतियोगिताबाट बाहिरि सकेको छ।

नेपाल सँगै समूह बी मा रहेका इरान र ताजकिस्थान प्रतियोगिताको अर्को चरणमा पुगिसकेका छन्।

यसअघि पनि नेपाली टोलीले प्रतियोगिताको ५ संस्करणमा सहभागिता जनाउँदा पछिल्ला २ संस्करणमा जितविहीन भएर घर फर्किएको थियो।

अघिल्ला दुई संस्करणमा जस्तै गोल गर्न नसकेको नेपाली टोलीले यस संस्करणमा पनि सोही खराब नतिजा लाई निरन्तरता दिएको छ।

Leave a Reply

Next Post

भारत विरुद्ध न्युजिल्यान्डको शानदार जित!

Sun Oct 31 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टी ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आईतबार बेलुकी भएको दोस्रो खेलमा भारत न्युजिल्यान्ड संग पराजित भएको छ। पहिलो खेलमा पाकिस्तान बिरुद्ध १० विकेटले हार बेहोरेको भारतको समुह चरणमा लगातार दोस्रो पराजय रहेको छ। न्यूजील्याण्ड विरुद्ध ८ विकेटले पराजय भोगेको भारतिय टोलीको ब्याटिङ निकै खराब रहन पुग्यो। भारतले […]
%d bloggers like this: