हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जर्मन च्याम्पियन बायर्न म्युनिखले घरेलु प्रतियोगिता डीएफबि पोकल कपमा ५-० को फराकिलो हार व्यहोरेको छ।
घरेलु प्रतिद्वन्दी बोरुसिया मन्चनग्लाडब्याकले जर्मन च्यम्पियन तथा २० पटकको कप विजेता बायर्नलाई गृह मैदान बोरसिया पार्कमा नमीठो हार चखायो।
हारसँगै बायर्न म्युनिखले यसपटक पनि पोकल कप नजित्ने पक्का भएको छ। अघिल्लो सिजन पोकल बोरुसीया डर्टमन्डले जितेको थियो।
बायर्नलाई फराकिलो हार चखाउने क्रममा बोरसीयाका खेलाडी ब्रील एमबोलो र रामी बेन्सेबैनी ले २-२ गोल गरे भने कोने ले एक गोल आफ्नो बनाए।
विपक्षीको पोस्टमा धावा बोलेको बोरुसियाले पहिलो हाफमै बायर्न विरुद्ध ३-० को अग्रता लिएको थियो।
खेलको सुरुवातदेखि नै निकै आक्रामक बनेको बोरूसियाका लागि कोवाडियो कोनेले पहिलो हाफको दोश्रो मिनेटमै गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाए।
त्यसैगरी रामी बेन्सेबैनीले खेलको १५ औं मिनेटमा गोल गर्दै व्यक्तिगत पहिलो तथा टोलीको लागि दोस्रो गोल गरे भने २१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता तेब्बर र व्यक्तिगत दोस्रो गोल गरे।
दोस्रो हाफमा केही आक्रामक बनेको बायर्न खेलमा फर्किने संकेत देखाए पनि गोल गर्न भने सफल भएन। बोरूसियाका खेलाडी व्रील एमबोलोले दोस्रो हाफको ५१ औं मिनेटमा घरेलु टोलीलाई ४-० को अग्रता दिलाए भने चौथो गोल गरेको ६ मिनेट पछि नै व्यक्तिगत दोस्रो र टोलीको पाँचौं गोल गर्न सफल भए।
हार संगै बायर्न आधुनिक इतिहासकै खराब नतिजा बेहोर्न बाध्य भयो । यस प्रतियोगितामा बायर्नविरुद्ध कुनैपनि टोलीले हासिल गरेको सबैभन्दा ठूलो जित यही हो । बायर्न लगातार दोस्रो सिजन प्रतियोगिताको सुरुवाती चरणमा नै बाहिरिन पुगेको छ ।