जर्मन बुन्डेसलिगा: बायर्न म्युनिखद्वारा बायर लिभरकुसेन भारि अन्तरले पराजित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जर्मन बुन्डेसलिगा अन्तर्गत भर्खरै सम्पन्न भएको आठौं चरणको खेलमा बायर्न म्युनिखले लिगको निकटतम प्रतिस्पर्धी बायर लिभरकुसेन बिरुद्ध ५-१ गोलको फराकिलो जित हात पारेको छ।

लिभरकुसेनको घरेलु मैदानमा भएको खेलमा  पहिलो हाफमै बायर्न म्युनिखले घरेलु टोली विरुद्ध पाँच गोलको अग्रता बनाउन सफल भएको थियो।

बायर्न म्युनिखको आक्रमण अगाडि निकै कमजोर देखिएको लिभरकुसेनको रक्षाक्रम खेलको तेस्रो मिनेट देखिनै खुल्न पुगेको थियो।

बायर्न म्युनिखको जितमा स्टार फर्वाड रोबर्ट लेवान्डोस्की र सेर्ज गनाब्रीले समान २-२ गोल गरे भने थोमस मुलरले एक गोल गरे।

पहिलो हाफकोको तेस्रो मिनेटमै उपमेकानोले दिएको बललाई पर्फेक्ट ब्याकहिल गर्दै  लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाएका थिए।

३०औं मिनेटमा एल्फोंसो डेभिसले दिएको बल लियोरी सानेले चलाखी पूर्ण ढंगले छाडेको बललाई लेवान्डोस्कीले उत्कृस्ट फिनिशिंग गर्दै व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्न सफल भएका थिए। त्यसैगरी खेलको ३४ औं मिनेटमा मिडफिल्डर थोमस मुलरले गोल गर्दै बायर्नको अग्रता ३-० बनाएका थिए।

तेस्रो गोल गरेको एक मिनेट बित्न नपाउँदै बायर्नका लागि सेर्ज गनाब्रीले व्यक्तिगत पहिलो तथा टिमको लागि चौथो गोल गरेका थिए। खेलको ३७औ मिनेटमा ग्रोएज्काको पासमा सेर्ज गनाब्रीले नै व्यक्तिगत दोस्रो तथा टिमको लागि पाचौ गोल गर्न भ्याएका थिए।

बायर लिभरकुसेनका लागि भने खेलको ५५औ मिनेटमा प्याट्रिक सिकले सान्त्वना गोल फर्काएका थिए।

अघिल्लो हप्ता आफ्नै घरमा हार बेहोरेको बायर्नले लिभरकुसेन विरुद्ध हावी हुदै हारको परिपूर्ति गरेको छ।

जित संगै बायर्न म्युनिख ८ खेलमा १९ अंक जोड्दै तालिकाको पहिलो स्थानमा उक्लिएको छ, बायर्नलाई पछ्याउदै डर्टमण्ड दोस्रो स्थानमा छ भने लिभरकुसेन तेस्रो स्थानमा रहेको छ।

Leave a Reply

Next Post

ला लिगामा बार्सिलोनाद्वारा भ्यालेन्सिया पराजित

Mon Oct 18 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले गएराति सम्पन्न खेलमा भ्यालेन्सिया विरुद्ध क्याम्प नोउमा जित हासिल गरेको छ। पहिलो हातको शुरुवातमै एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै बार्सिलोनाले भ्यालेन्सिया विरुद्ध ३-१ को पुनरागमन जित निकाल्न सफल भयो। खेलको चौथो मिनेटमा पाएको कर्नरमा क्लियर गरेको बललाई डी एरिया बाहिरबाट भ्यालेन्सियाका खेलाडी गायाले उत्कृस्ट […]
%d bloggers like this: