जाभीलाई प्रशिक्षकका रुपमा भित्र्याउन बार्सिलोना सकारात्मक

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले आफ्नो क्लबका लेजेण्ड खेलाडी जाभिलाई प्रशिक्षकको रुपमा भित्र्याउन पहल सुरु गरेको छ।

जाभि हाल कतारको घरेलु क्लब अल-सादमा मुख्य प्रशिक्षकको रुपमा काम गरिरहेका छन्।

मुख्य प्रशिक्षकको रुपमा कतारमा बिगत २ बर्षदेखी काम गरिरहेका जाभीले प्रशिक्षकको भूमिकामा सात उपाधि जितिसकेका छन्।

बार्सिलोनाको क्लब इतिहासकै सबैभन्दा महान खेलाडी मध्येका एक खेलाडी जाभीले सन् १९९८मा क्लब डेब्यु गरेका थिए।

बार्सिलोनाको सिनियर टोलीमा करीब १७ वर्ष रहेर सन् २०१५ पछि क्लब छाडेका पूर्व खेलाडीले बार्सिलोनाका लागि झण्डै ८०० खेल खेलेका छन्।

व्यक्तिगत खेल जीवनमा ३० भन्दा बढी उपाधि जितेका जाभी स्पेनको सर्वाधिक सफल खेलाडी मध्येका एक हुन्। उनले राष्ट्रिय टोलीबाट खेल्दै सन् २००८ र १२ मा युरोकप जिते भने सन् २०१०मा विश्व विजेता पनि बनेका थिए।

बार्सिलोनाको टोलीबाट खेल्दै ८ पटक लालिगा र चार पटक युरोपेली च्याम्पियन्स लिग जितेका जाभीलाई लिएर बार्सिलोना निकै सकारात्मक देखिएको छ।

अघिल्लो सिजन पनि म्यानेजरको कुरा निस्किएता पनि  जाभी आफू बार्सिलोना टोलीको प्रशिक्षक बन्न अहिले तयार नभएको कुरा बताएका थिए। तर एक सिजन पछि भने उनी तयार रहेको र बार्सिलोना आउन इच्छुक रहेको कुरा बाहिर निस्किँदा उनको आगमन लगभग निश्चितजस्तै देखिएको छ।

बार्सिलोना र अलसाद क्लब बीच आपसमा वार्तालाप भरहेको कुरा मिडियाहरुले बताएका छन्। यद्दपी उनि यसै साता आउछन् अथवा केहि समय लाग्ने हो त्यसको बारेमा भने केहि खबर बाहिर आईसकेको छैन।

बार्सिलोनाले एक सिजन अघि मात्रै आफ्ना क्लबकै लेजेण्ड तथा पूर्व खेलाडी रोनाल्ड कीम्यानलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिए पनि उल्लेख्य काम गर्न सकेनन्।बार्सिलोनाले बुधबार रायो भालेकानो विरुद्ध अर्को पराजय बेहोरेको थियो।

भालेकानो संगको खेल सकिए लगत्तै आफ्ना पूर्व प्रशिक्षक रोनाल्ड कीम्यानलाई एकपछि अर्को खराब नतिजा कारण बार्सिलोनाले बर्खास्त गरेको थियो।

 

Leave a Reply

Next Post

एएफसि यु -२३ छनौट: ताजकिस्तान विरुद्ध नेपालको लज्जास्पद हार

Thu Oct 28 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसि यु-२३ छनौट खेलमा समूह ‘बि’ अन्तर्गत आयोजक राष्ट्र ताजकिस्तानले नेपाल विरुद्ध ६-० को फराकिलो जित हात पारेको छ। हार संगै सदा झैँ यसपटक पनि नेपालको अर्को राउण्डमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ। बलियो प्रतिद्वन्दी ताजकिस्तान विरुद्ध नेपाली टोलि निकै कम्जोर बन्न पुगेको थियो। पहिलो हाफमै […]
%d bloggers like this: