हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस महारथी बार्सिलोनाले आइतवार राति अलाभेस विरुद्ध सिजनको सम्भवत सबैभन्दा खराब प्रदर्शन गरेता पनि ३ अंक भने बटुल्न सफल भएको छ।
तर खेल जस्तो भएपनि क्याटलन टोलीले निकालेको ३ अंकले उसलाई च्याम्पियन्स लिग अभियानमा आफ्नो निरन्तरता दिन निकै समिपमा पुर्याएको छ।
जाभीले शिर्ष ४ मा बार्सिलोनालाई पुर्याउने गरेको वाचा अब पुरा हुँदै गरेको जस्तो देखिन्छ, किनभने पाँचौ स्थानमा रहेको बार्सिलोना र चौथो स्थानमा रहेको एटलेटीको मड्रिड भन्दा अब केवल एक अंकको दुरीमा रहेका छन।
गयराती सम्पन्न खेलमा भने बार्सिलोनाका अधिकांश खेलाडीहरू आफ्नो सामान्य मापदण्डअनुसार खेलेनन्।
जाभी हर्नान्डेज धेरैजसो खेलको लागि साइडलाइनमा निराश देखिएका थिए, तर ३ अंक बटुलेर फर्केकोमा राहत महसुस गर्नेछन्।
घरेलु टोलि अलभेसले बार्सिलोनालाई पहिलो हाफमा निकै दबाब दिएको थियो। बार्सिलोना खेलमा पछि नपर्नु निकै भाग्यमानी ठहरिएको थियो।
दोस्रो हाफमा भने बार्सिलोनाको खेलमा केहि हद सम्म सुधार आएको थियो तर यो उनको उत्कृष्ट प्रदर्शनबाट टाढा थियो।
वास्तवमा, खेल चलिरहँदा, यस्तो देखिन्थ्यो कि अलाभ्सले खेल जित्ने निकै ठुलो सम्भावना राखेको थियो।
जाभी प्रेरणाको खोजीमा आफ्नो बेन्चमा फर्के, लुउक डे जोङको स्थानमा फेरान जुटग्लाले निको गोन्जालेजले, अब्दे इज्जालजौलीको लागि पहिले आएपछि उनीहरूले अन्ततः ८७ औं मिनेटमा जित्ने गोल गरेका थिए।
जोर्डी अल्बाले फेरान टोरेसका लागि माथिबाट बल पठाए, जसले फ्रेंकी डे जोङलाई दिएको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। अफसाइड को निकै नजिक रहेका फ्रानकीको गोललाई भारले मान्यता दिएको थियो।
बार्सिलोना र जाभीले राम्रो खेल्न नसकेको खेलबाट तीनवटै अंक हासिल गर्न पाउँदा राहत महसुस गर्नेछन्, तर अलाभेस र जोसे लुइस मेन्डिलिबरका लागि नतिजा भने नकै तितो महशुस हुनेछ।