जारि सिजनकै उत्कृस्ट खेलमा लिभरपुल र म्यानचेस्टर सिटि बराबरीमा रोकिए

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिगमा गए राति सम्पन्न खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी र लिभरपुलले २-२ गोलको बराबरी खेलेका छन्।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको दुई महारथी बिचको खेल सम्भवतः प्रिमियर लिगमा यस सिजनको सबै भन्दा उत्कृस्ट रहेको थियो।

लिभरपुलका खेलाडी मोहम्मद सलाह र सिटीका फिल फोडेनले आ-आफ्ना टोलीका लागि आकर्षक खेल पस्किएका थिए।

निकै रोमान्चक र आक्रामक बनेको खेलमा दुवै टोलीले रणनीतिक खेल पस्किदै एक अर्का बिरुद्धको पोस्टमा धावा बोलेका थिए।

खेलको पहिलो हाफ सिटीले खास्सै राम्रो मौका बनाउन नसकेपनि फोडेनको सटलाई किपर एलिसनले बचाउदै पाहुना टोललाई अग्रता लिनबाट जोगाएका थिए।

लिभरपुललाई अग्रता दिलाउने क्रममा स्ट्राइकर साडीयो मानेले खेलको ५९औं मिनेटमा सफलता दिलाएका थिए।

मोहम्मद सलाहले उत्कृस्ट ढंगले सिर्जना गर्दै दिएको पासलाई मानेले किपर एडर्सनको फार पोस्ट च्याप्दै स्तरीय फिनिशिंग गरेका थिए।

एक गोलले पछि परेको च्याम्पियन सिटिले आफ्नो च्याम्पियन वाला खुबी देखाउदै खेलमा कम्ब्याक गरेको थियो। घरेलु एकेडेमीका उत्पादन फिल फोडेनले स्ट्राइकर गाब्रियल जिससले दिएको पासलाई गोल पोस्टको दिशा देखाउदै ६९औं मिनेटमा सिटिलाई खेलमा फर्काएका थिए।

सिटीले बराबरी गरेको समय बित्न नपाउदै मोहम्मद सलाहले खेलको ७६औ मिनेटमा मौका आफैँ सिर्जना गर्दै विश्वस्तरीय गोल गर्न सफल भए। सिटीका ४ खेलाडीलाई बिट गर्दै गोल गरेका सलाहले घरेलु दर्शकलाई पुनः एकपटक उर्जा दिलाएका थिए।

तर दोस्रो गोलको सेलिब्रेसन गरेको ५ मिनेटमै लिभरपुलले गोल खान पुगेको थियो। सिटीका महान खेलाडी केभिन डी ब्रुनाले डीफ्लेक्ट भएर आएको बललाई डी एरिया नजिकैबाट भली शट प्रहार गर्दै राम्रो कम्ब्याक गोल गर्न सफल भए।

खेलको अन्त्यमा पाएको फ्रीकिकमा सिटीका किपर एडरसनले गरेको गल्तिले खाली बनेको पोस्टमा फबिनोले गोल गर्न नसक्दा लिभरपुलले ३ अंक गुमाउन पुगेको थियो।

बराबरीको नतिजा संगै लिभरपुल १५ अंक सहित लिगको दोस्रो स्थानमा बसेको छ भने सिटि १४ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

Leave a Reply

Next Post

एभरेस्ट प्रिमियर लिग २०२१: आज भएका खेलमा भैरहवा ग्ल्याडीएटर्स र पोखरा राइनोज बिजयी

Mon Oct 4 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| काठमाडौँमा जारि एभरेस्ट प्रिमियर लिग अन्तर्गत आज भएका खेलमा भैरहवा ग्ल्याडीएटर्स र पोखरा राइनोज बिजयी भएका छन्। आज बिहान भएको पहिलो खेलमा चितवन टाइगर्सले दिएको १६५ रनको लक्ष्य भैरहवा ग्ल्याडीएटर्सले १७.५ ओभरमा ४ विकेट गुमाएर जित हासिल गरेको थियो। भैरहवाको जितमा ओपनर प्रदिप ऐरीले ४३ बलमा […]
%d bloggers like this: