जारि सिजनमा मेस्सी युरोपकै तेस्रो उत्कृस्ट खेलाडी

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जारी युरोपियन सिजनमा लियोनल मेस्सीले आफ्नो पुरानै लय देखाउन नसके पनि, युरोपमा उत्कृष्ट खेलाडीहरूको सूचीमा भने पर्न सफल भएका छन् 

पछिल्लो एकदशकमा जस्तो प्रदर्शनमा देखाउन बाट निकै टाढा रहेपनि लियोनल मेस्सीले युरोपमा हाल उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरु मध्ये तेस्रो स्थान हात पारेका छन्

फ्रेन्च महारथी पेरिस सेन्ट जर्मनका लागि ३० खेलमा ९ गोल र १३ पटक सहायता गरेका मेस्सी औसत मूल्यांकनमा ७.७ अङ्क हासिल गरेका छन्

हु स्कोर्ड डट कमले प्रकाशित गरेको उक्त दस्ताबेजमा बायर्न म्युनिखका स्टार खेलाडी रोबर्ट लेभान्डोस्की ७.९३ रेटिंग प्राप्त गर्दै पहिलो स्थानमा छन्।

पिएसजीकै अर्का स्टार खेलाडी तथा फ्रान्सेली स्ट्राइकर एम्बाप्पे ७.९१ अङ्क प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् 

लिओनल मेसीले तेस्रो स्थान हात पार्दा रियल मड्रिडका करिम बेन्जेमा चौथो स्थानमा रहेका छन्। उनले खेल औसत ७.६८ रेटिंग प्राप्त गरेका छन्

तथ्यांकमा सबै भन्दा बढी पिएसजीका तिन र बायर्न म्युनिखका दुई खेलाडी समावेश रहेका छन्

प्रिमियर लिग, ला लिगा, लिग १, सेरी ए र बुन्डेसलिगाका खेलाडीहरूको औसत खेल मूल्याङ्कनका आधारमा यो वरीयता निर्धारण गरिएको हो।

रेटिङले गोल, असिस्ट, क्लिन शिट, पास सफलता प्रतिशत र म्यान अफ द म्याच प्रदर्शन जस्ता लिग खेलहरूको तथ्याङ्कलाई ध्यानमा राख्छ।

वेबसाइटले तयार परेको शिर्ष १० को सुची यस अनुसार रहेको छ:

१. रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख) ७.९३

२. केलीयन एम्बाप्पे (पिएसजी) ७.९३

३. लियोनल मेस्सी (पिएसजी ) ७.७१

४. करिम बेन्जेमा (रियल म्याड्रिड) ७.६८

५. मोहम्मद सलाह (लिभरपुल) ७.६८

६. जोशुआ किमिच (बायर्न म्युनिख) ७.६३

७. क्रिस्टोफर एनकुन्कु (लाईप्जिग) ७.६२

८. उस्माने डेमेबल (बार्सिलोना) ७.६०

९. नेमार (पीएसजी) ७.५९

१०. एर्लिङ हालान्ड (बोरुसिया डर्टमुण्ड) ७.५६

 

 

Leave a Reply

Next Post

ठुलो प्रतियोगिताको मुखमा टोलि विभाजित, एन्फा मौन

Thu Apr 28 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पछिल्लो २४ घण्टामा एन्फाले देशको राष्ट्रिय स्तरको फुटबल उथलपुथल हुँदा अझै आफ्नो प्रतिक्रिया दिएको छैन। एसियन कप छनौटको मुखैमा आएर नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुले प्रशिक्षण छाडेरै हिँड्दा पनि नेपाल फुटबल संघका अझै मौन देखिएको छ। सधैं विवादको घेरामा रहेर आफ्नो गलत कार्यशैली र गैरजिम्मेवारपनको पराकास्टा रहेको नेपाल […]
%d bloggers like this: