जारि सिजनमा युभेन्टसको तेस्रो हार, घरेलु मैदानमा पुनः निराश

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इटालियन सेरिया अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टस्ले आफ्नै मैदानमा पराजय व्यहोरेको छ।

ट्युरीनमा भएको खेलमा पाहुना टोली सासुलो विरुद्ध २-१ ले पराजित हुदाँ सिजनको युभेन्टसले तेस्रो हार बेहोरेको हो।

सिजनको सुस्त सुरुवात गरेको युभेन्टस्ले पछिल्ला पाँच खेलमा लिगमा फर्किने संकेत देखाए पनि सासूलो विरुद्धको पराजयले यात्रा कठिन हुने देखिन्छ।

पाहुना टोली सासुलोका लागि डेभिड फ्राटेसीले पहिलो हातको ४४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। युभेन्टसको रक्षात्मक लाईन अगाडि उत्कृष्ट तालमेल गर्दै डेभिडले सासूलोलाई खेलमा अग्रता दिलाएका थिए।

युभेन्टसका स्टार खेलाडी पाउलो डीबालाको प्रहार भने पहिलो हाफमा बारमा लाग्दै बाहिरिन पुगेको थियो।

दोस्रो हाफको ७६औ मिनेटमा युभेन्टसले सेट पिसमा पाएको मौकामा स्तरीय हेडर गर्दै वेत्सन् मकेन्जीले घरेलु टोलीलाई खेलमा फर्काएका थिए। तर दोस्रो हाफको इन्जुरी टाइम (९०+५औ मिनेट) मा सासुलोका लागि म्याकसिम लोपेजले गोल गर्दै नवौं स्थानमा रहेको पाहुना टोलीलाई महत्त्वपूर्ण ३ अङ्क दिलाए।

हारसँगै युभेन्टस तालिकाको सातौं स्थानमा पुगेको छ भने सासुलो लगातार दोस्रो जित हात पार्दै नौ स्थानमा बसेको छ। इटालीयन लिगमा अपराजित रहेको एसी मिलान २८ अङ्क सहित तालिकाको पहिलो स्थानमा बसेको छ।

 

Leave a Reply

Next Post

जर्मन च्याम्पियन बायर्न म्युनिखको लज्जास्पद हार

Thu Oct 28 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जर्मन च्याम्पियन बायर्न म्युनिखले घरेलु प्रतियोगिता डीएफबि पोकल कपमा ५-० को फराकिलो हार व्यहोरेको छ। घरेलु प्रतिद्वन्दी बोरुसिया मन्चनग्लाडब्याकले जर्मन च्यम्पियन तथा २० पटकको कप विजेता बायर्नलाई गृह मैदान बोरसिया पार्कमा नमीठो हार चखायो। हारसँगै बायर्न म्युनिखले यसपटक पनि पोकल कप नजित्ने पक्का भएको छ। अघिल्लो […]
%d bloggers like this: