जिदान म्यानचेस्टर युनाईटेडको प्रशिक्षक बन्न अनिच्छुक!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जिनेदिन जिदानले म्यानचेस्टर युनाइटेडको प्रबन्धकको रूपमा काम गर्न इच्छुक नभएको बताइएको छ।

बीबीसीका गुइलम बालागका अनुसार फ्रान्सेलीले पेरिस सेन्ट जर्मेन वा फ्रान्सेली राष्ट्रिय टोलीको व्यवस्थापन गर्ने विकल्प रोज्नेछन्।

जिदानले रियल म्याड्रिडसँग लगातार तीन च्याम्पियन्स लिग जितेर युरोपेली इतिहासमा सबैभन्दा सफल व्यवस्थापकको रूपमा आफूलाई स्थापित गरिसकेका छन्।

लगातार तेस्रो युरोपेली उपाधि पछि उनले २०१८ मा म्याड्रिड छोडे भने दुई वर्ष पछि पुनः म्याड्रिड फर्किएर ला लिगा र स्पेनिस कप जिते।

पीएसजीको अहिले मौरिसियो पोचेटिनोलाई प्रतिस्थापन गर्ने कुनै योजना छैन, त्यसैले जिदानले फ्रान्सेली महारथीलाई ब्यबस्थापन गर्न भने उचित अवसरको लागि पर्खनु पर्नेछ।

धेरै युनाइटेड फ्यानहरूले जिदान क्लबलाई अगाडि बढाउनको लागि सही छनौट हुने बिश्वास रहेको बताईन्छ।

उनको व्यक्तित्व, खेलाडी र प्रबन्धकको रूपमा सफलताले सम्पूर्ण ड्रेसिङ रुमबाट सम्मान पाउने कुरामा बिश्वस्त रहन भने अवश्य सकिन्छ। उनको सफलता को क्याबिनेटले कुनै पनि ड्रेसिंग रुममा अहंता विकास हुन दिंदैन।

यसै साता ओले गुन्नार सोल्स्कजायरको बर्खास्त पछि, क्लब यस पटक सही नियुक्ति गर्न निकै रहेको उत्सुक छ।

टेलिग्राफले सेभिल्लाका प्रबन्धक जुलेन लोपेटेगुई र स्पोर्टिङ लिस्बनका प्रशिक्षक रुबेन अमोरिमलाई अन्तरिम कार्यका लागि विचार गरिरहेको दाबी गरेको छ।

स्पोर्टिङ लिस्बनका प्रशिक्षक रुबेन अमोरिम र सेभिल्ला प्रशिक्षक जुलेन लोपेटेगुईलाई अन्तरिम भूमिकाको सम्भावित विकल्पको रूपमा अगाडि राखिएको छ।

स्थायी भूमिकाका लागि माउरिसियो पोचेटिनो, एरिक टेन ह्याग, लुइस एनरिक र ब्रेन्डन रोजर्स जस्ता नामहरू क्लबले विचार गरेको द गार्डियनले जनाएको छ।

अहिले भने युनाइटेडले स्पेनमा भिल्लारियल विरुद्धको च्याम्पियन्स लिग भिडन्तका लागि माइकल क्यारिकलाई केयर टेकर म्यानेजरका रुपमा जिम्मेवारी सुम्पेको छ।

 

Leave a Reply

Next Post

मेस्सी: बार्सिलोना जाभीसँग अघि बढ्नेछ

Tue Nov 23 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लियोनल मेस्सीले फुटबल र क्लबको ज्ञानका कारण जाभी सँग बार्सिलोना अघि बढ्न सक्ने कुरा ब्यक्त गरेका छन्। रोनाल्ड कोम्यानलाई बर्खास्त गरेपछि पूर्व मिडफिल्डर जाभी यसै महिना बार्साको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। मेम्फिस डेपेको पेनाल्टीले गत साताको अन्त्यमा पुर्ब खेलाडी जाभीको पहिलो खेलमा बार्सिलोनाले एस्प्यानियोललाई १-० […]
%d bloggers like this: