जिम्बाबे र बङ्गलादेश बिच अन्तिम खेल आज, कसले मार्ला बाजी ?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं | जिम्बाबे र बङ्गलादेश बिचको तेस्रो तथा अन्तिम टीट्वेन्टी खेल आज अपरान्ह् ४:१५ मा हरारे खेल मैदानमा हुँदैछ।

दुवै टिमले एक एक खेल जितिसकेको अवस्थामा यो निर्णयक खेल निकै रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ। लगातार हारको श्रृंखला माथि पूर्ण विश्राम लगाउने क्रममा यसअघि दोस्रो टिट्वेन्टी खेलमा जिम्बावेले बङ्गलादेशलाई २३ रनले ले पराजित गरेको थियो।

अघिल्लो खेलमा निकै राम्रो प्रदर्शन गरेको जिम्बावे सोही अनुरूपको खेल प्रस्तुत गर्ने लक्ष्यका साथ मैदानमा उत्रने देखिन्छ। आफ्नो घरेलु मैदानमा लगातार हार व्यहोरिरहेको जिम्बाबेका लागि यस खेल जितेर आफ्ना समर्थकलाई केही राहत दिने सुनौलो मौका रहेको छ।

करिब दुई वर्षअगाडि सिंगापुर र नेपालविरुद्धको त्रिकोणात्मक सीरीज जिते पश्चात जिम्बावेले अहिलेसम्म कुनैपनि टीट्वेन्टी सिरिज जित्न नसकेको अवस्था रहेको छ। पछिल्ला केहि खेलहरुमा मध्यक्रममा निकै अतालिएर लगातार विकेट दिने गरेको जिम्बाबे ले दोस्रो टिट्वेन्टीमा सो कमजोरीलाई निराकरण गर्दै आफुलाई बलियो साबित गरेको थियो।

अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका ब्याट्सम्यान वेस्ले मध्वेर उच्च मनोबलका साथ मैदानमा देखिनेछन् भने बलर टेन्दाई चतरा र लुक जोङ्गे को सोही दोस्रो खेलको जस्तै फर्ममा रहने कोशिस रहनेछ। अघिल्लो खेल उत्कृष्ट तवरले जितेको जिम्बाब्वेको सोही टोली तेस्रो खेलमा पनि बिना परिवर्तन मैदानमा उत्रिन सक्ने हामी अनुमान लगाउन सक्छौँ।

अघिल्लो खेल बिर्सनलायक प्रदर्शन गरेको बङ्गलादेशले भने केही सुधार गर्दै भ्रमणको लगातार तेस्रो सिरिज कब्जा गर्ने उद्देश्यले मैदानमा उत्रने छ। अाफ्नाे स्टार खेलाडी लितन दास चोटका कारण तेस्रो खेलमा समावेश नहुने हुँदा टिममा केही असर पर्नसक्ने छ तर अघिल्लो खेलमा आराम पाएका मुस्ताफिजुर रहमान सायद तेस्रो खेलमा फर्किन सक्नेछन।

मुश्फिकर रहीम र तामिम इकबाल जस्ता प्रभावशाली ब्याट्सम्यान को अनुपस्थितमा अन्य ब्याट्सम्यानहरुलाई टिममा आफ्नो नाम बनाउन यस खेलमा राम्रो छाप छोड्ने बाटो रहेको छ। अघिल्लो खेलमा खासै जम्न नसकेका उत्कृष्ट अलराउन्डर शकीब अल हसनलाई निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने अवसर रहनेछ। त्यसैगरी ओपनर सौम्य सरकार र मोहम्मद नाएम सुरुवाति खेलमा जस्तो प्रभाब दोस्रो खेलमा देखाउन नसकेको कारण आफ्नो पुरानै खेल देखाउने जिम्मेवारी रहने छ।

लगातार दुई सिरिज जितिसकेको बङ्गलादेश यस अन्तिम खेलमा प्रबल दाबेदार रहेता पनि अघिल्लो खेलमा निकै उत्कृष्ट खेल प्रदर्शन गरेको जिम्बावेलाई सहजै पराजित गर्न भने बङ्गलादेश सफल हुनेछैन। आउदै गरेको विश्वकप क्रिकेटलाई मध्यनजर गर्दै भाबी रणनीति बनाउन तथा टिम चयनका लागि पनि दुवै देशका खेलाडीहरुलाई व्यक्तिगतरुपमा उत्कृस्ट प्रदर्शन गर्न आवश्यक देखिन्छ।

Leave a Reply

Next Post

फुटबलका मुख्य प्रशिक्षकबाट राजीना दिने अल्मुताइरीको घोषणा

Sun Jul 25 , 2021
काठमाडौँ: अब्दुल्ला अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षकबाट राजीना दिने घोषणा गरेका छन् । आइतबार उनले फेसबुकमार्फत् उक्त जानकारी दिएका छन् । उनका अनुसार एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको जानकारी दिए। प्रिय नेपाली फ्यान … म राजीनामा गर्न एन्फा जाँदैछु। र वरिष्ठ उपाध्यक्षको कारणले […]
%d bloggers like this: