हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल क्रिकेट संघले कप्तान ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टोलीको कप्तान पदबाट हटाउँदै सन्दीप लामिछानेलाई नयाँ कप्तानमा नियुक्त गरेको छ।
कप्तान ज्ञानेन्द्र मल्ल संगै सोमपाल कामि, दीपेन्द्र र कमललाई क्यानले कारबाही गरेको छ।
बर्गिकरणको बिषयमा मुद्दा झन् चर्किदै गएपछि रुष्ट बनेको क्यानले बुधबार उक्त निर्णय लिएको हो। क्यानले प्रेश बिज्ञप्ति जारि गर्दै निर्णयहरुको जानकरी दिएको थियो।
नेपाल क्रिकेट संघले अनुशासन उल्लङ्घन सम्बन्धी गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लङ्घनमा संलग्न चार जना खेलाडीहरू ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र कमल सिंह ऐरिलाइ २०२२ को सेन्ट्रल कनट्र्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरिएको बताएको छ।
कप्तान ज्ञानेन्द्र मल्ल सहित सोमपाल कामि, दीपेन्द्र र कमलले खेलाडी ग्रेडिंग हुने बित्तिकै असन्तुष्टि ब्यक्त गर्दै क्यानको बर्गिकरणको प्रक्रियाका बारेमा आलोचना गरेका थिए।
सोमपाल कामिले ग्रेडिंगमा आफूलाई बी मा राखेपछि अन्यायपूर्ण रहेको बताए। ग्रेड सी मा परेका कमल पनि सन्तुष्ट थिएनन्।
कप्तान ज्ञानेन्द्र र दीपेन्द्र ऐरी ग्रेड ए मा थिए। तर क्रिकेट संघको ग्रेडिंग चित्त बुझ्दो नभएको र बर्गिकरण ढाकछोप गर्न खोजिएको भन्दै मिडियामा आएपछि क्रिकेट संघ खेलाडीहरु संग रुष्ट बनेको थियो।
क्यानले आफ्नो विरोध गरेको भन्दै चार खेलाडीसँग कात्तिक २५ मा स्पष्टीकरण नै सोध्यो।
खेलाडीले कात्तिक ३० मा क्यानलाई जवाफ दिए । तर क्यान सन्तुष्ट भएन ।
कप्तान ज्ञानेन्द्र मल्ल सहित १९ खेलाडीले हस्ताक्षर गर्दै मंसिर ५ मा ११ बुँदे मागसहित सात दिनको समय दिँदै क्यानसँगै नै वर्गिकरण बारे स्पष्टीकरण सोधे।
त्यसपछि विवाद झन बढ्दै गयो । क्यानले मंसिर ८ मा तीन दिनको समय दिँदै दोस्रो पटक स्पष्टीकरण सोधेको थियो।