हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इङलिस प्रिमियर लिग अंतर्गत आइतबार बेलुकी भएको डर्बी खेलमा म्यानचेष्टर युनाइटेडलाई लिभरपुलले नमिठो हार चखाएको छ।
म्यानचेस्टरको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा ५-० गोलले हराउदै म्यान्चेस्टरको हालैको खराब फर्ममा अर्को चोट दिएको छ।
खेलको पहिलो मिनेट देखिने म्यानचेस्टर लाई दवावमा राखेको पाहुना टोलीले कमजोर रक्षात्मक लाइनको मिठो फाइदा उठाएको थियो।
खेलको पहिलो हाफमै ४-० गोल अन्तरको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा १० खेलाडिमा सीमित बनेको रेड्स विरुद्ध एकमात्र थप्न सफल भएको थियो।
लिभरपुलको जितमा नायक बन्दै अहिले विश्वस्तरीय फर्ममा रहेका मोहम्मद सालाले ह्याट्रिक पूरा गरेका थिए।
पहिलो हापको पाँचौं मिनेटमा लिभरपुलका मिडफिल्डर नाबि केईटाले गोल गर्दै चिरप्रतिद्वन्द्वी विरुद्ध १-० को अग्रता दिलाए। म्यान्चेस्टर युनाइटेडको रक्षापंक्तिले अर्को कमजोर प्रदर्शन गर्दा लिभरपुलले खेलको १३औं मिनेटमा डियोगो जोटाको गोल मार्फत दोस्रो गोल गरेको थियो।
त्यसपछि खेलमा ह्याट्रिक पूरा गरेका मोहम्मद सालाले खेलको ३८औं , ४५+५औं र दोस्रो हापको ५० औं मिनेटमा गोल गर्दै ब्यक्तिगत ह्याट्रिक गर्दै लिभरपुललाई ५-० को विशाल जित दिलाए।
दोस्रो हाफको ६०औ मिनेटमा म्यानचेस्टर युनाईटेडका खेलाडी पल पोग्बाले रातो कार्ड खाएपछि घरेलु टोलि १० खेलाडीमा सीमित हुन पुगेको थियो
ह्याट्रिक संगै लिगमा यस सिजन १० गोल गरेका शाला सर्वाधिक गोल गर्ने खेलाडीको अग्रपंक्तिमा उभिएका छन्।
जितसँगै लिभरपुलको दोस्रो स्थानमा उक्लिएको छ भने उ भन्दा अगाडी चेल्सी २२ अंकसहित तालिकाको पहिलो स्थानमा बसेको छ।
पछिल्ला पाँच खेलमा एकमात्र जित निकालेको म्यान्चेस्टर युनाइटेड भने सातौं स्थानमा झरेको छ।