टिट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाको पहिलो जित, वेस्ट इण्डिज सहजै पराजित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टीट्वेन्टी विश्वकप प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ।

वेस्ट इन्डिजले दिएको १४४ रनको लक्ष्यलाई दक्षिण अफ्रिकाले १८ दशमलव २ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गरेको थियो।

टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजको टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो।

वेस्टइंडीज का लागि एभिन लेविसले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ५६ रन जोडे भने कप्तान कैरन पोलार्डले २६ रन बनाए।ओपनर लेण्डल सिमोनले भने ३५ बलमा १५ रनको खराब प्रदर्शन गरे।

टीट्वेन्टी मा सर्वाधिक सफल मानिएका ब्याट्सम्यान क्रिस गेल केवल १२ रनमा पेभेलियन फर्किंदा विकेटकिपर ब्याट्सम्यान निकोलस पुरणले समान १२ रनकै योगदान दिए।

 

मध्यक्रमका ब्याट्सम्यानहरुले पुनः एकपटक राम्रो प्रदर्शन गर्न असफल भएपछि वेस्ट इन्डिजको इनिङ २० ओभरमा केवल १४३ रनमा समेटिएको थियो।

वेस्ट इन्डिजलाई मध्यमा योगफलमै रोक्ने क्रममा दक्षिण अफ्रिकाका मध्य गतिका बलर डवाइन प्रेटोरीयसले २ ओभरमा १७ रन दिंदै ३ विकेट लिए। तीव्र गतिका बलर रबडा र नर्तजेले समान एक एक विकेट लिँदा स्पिनर केशव महाराजले ४ ओभरमा २४ रन दिँदै २ विकेट लिए।

१४४ रनको मध्यम योगफललाई पछ्याएको दक्षिण अफ्रिकाको सुरुवात भने राम्रो हुन सकेन। आफ्ना ओपनर टेम्बा बभुमालाई ४ रन बनाउँदा गमाएको थियो। व्यक्तिगत २ रन जोडेका उनी रन आउट हुन पुगेका थिए। अर्का ओपनर रिजा हेन्द्रिक्सले ३९ रनको राम्रो प्रदर्शन गरे।

दक्षिण अफ्रिकाको जितमा रसी डुसेन् र आइडेन मारक्रमको प्रदर्शन निकै महत्वपूर्ण रह्यो। दुवै खेलाडीले आपसमा ८३ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई महत्वपूर्ण जित दिलाए। अर्धसतक प्रहार गरेका मारक्रमले २६ बल खेल्दै दुई चौका र चार छक्काको मद्दतले ५१ रन बनाए। डुसेनले भने ५१ बलमा ४३ रनको योगदान गरे।

वेस्ट इण्डिजका लागि एकमात्र विकेट अकिल होसेनले लिए भने अन्य बलरहरुले राम्रो प्रदर्शन गर्न सकेनन।

दक्षिण अफ्रिकाका एंरीच नोर्तजे खेलको म्यान अफ द म्याच घोषित भए।

जारी विश्वकपमा वेस्ट इन्डिजको यो लगातार दोस्रो हार हो भने दक्षिण अफ्रिकाको पहिलो जित रहेको छ।

 

Leave a Reply

Next Post

म्यानचेस्टर युनाईटेडका प्रशिक्षक ओले गनर तत्काल बर्खास्त नहुने

Tue Oct 26 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ओले गुन्नार सोलसायरलाई म्यान्चेस्टर युनाइटेडमा म्यानेजरको रूपमा बढ्दो दबाबको बाबजुद उनको काम ‘अहिलेको लागि सुरक्षित’ रहेको बताइएको छ। सर एलेक्स फर्गुसन सम्मिलित युनाईटेडको बोर्डले म्यानेजर ओले गनरलाई आफ्ना कमजोरी सुधार्ने एक मौकाका रुपमा उनलाई राखिएको रिपोर्टहरुमा उल्लेख गरिएको छ। गत सप्ताहन्तमा चिर प्रतिद्वन्द्वी लिभरपुलको हातबाट ५-० […]
%d bloggers like this: