हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारि गरेको नयाँ टि ट्वान्टी वरियतामा नेपालको स्थान खस्किएको छ।
ओमानमा जारि आइसिसी टि२० विश्वकप छनोट सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपालले दुई स्थान गुमाएको हो।
आइसिसीले मंगलबार जारी गरेको नयाँ टि२० आई वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ।
यस अघि नेपालको वरियता एसोसिएटमै सबैभन्दा राम्रो रहेको थियो। पछिल्लो समय नेपाल १३ औं स्थानमा रहेको नेपाल अहिले १५ औं स्थानमा पुगेको हो।
अन्तरास्ट्रिय टि ट्वान्टी सिरिजमा पनि दुई हार बेहोरेको नेपालले विश्वकप खेल्ने सपना युएई संग पराजित हुँदै अधुरै छाडेको छ।
पछिल्लो दुई सातामा ६ अन्तरास्ट्रिय टि ट्वान्टी खेलमा ३ मा जित र ३ मा हार बेहोरेको नेपालले दुई स्थान गुमाउन पुगेको हो।
नेपाल १५ औं स्थानमा हुँदा आयरल्यान्ड १४ औं र स्कटल्यान्ड १३ औं स्थानमा छन्। युएईले भने फड्को मार्दै १२ औं स्थानमा पुगेको छ।
यसैगरि टेस्ट राष्ट्रहरुमा भारत शीर्ष, इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ। न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं र अष्ट्रेलिया छैटौं स्थान छ।
वेस्टइन्डिज सातौं, अफगानिस्तान आठौं, श्रीलंका नवौं, बंगलादेश १० औं र जिम्बावे ११ औं स्थानमा छन्।