हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टी ट्वान्टी विश्वकप छनौट अन्तर्गतको तेस्रो खेलमा नेपालले क्यानेडीयन क्रिकेट टिम विरुद्ध प्रतिस्पर्धा गर्दैछ।
नेपाल र क्यानडा आधिकारिक रुपमा एकदिवसय प्रतियोगितामा तीनपटक आमनेसामने हुँदा नेपालले दुई पटक जित निकालेको छ भने १ मा पराजय बेहोरेको छ।
नेपालले क्यानडा विरुद्ध आफ्नो पहिलो खेल सन् २०१४ को एकदिवसीय विश्वकप छनोटमा खेलेको थियो जसमा क्यानडा १२ रनले विजयी भएको थियो।
२०१५ मा विश्व क्रिकेट लिग अन्तर्गतको दोस्रो खेलमा नेपालले क्यानडालाई ७ विकेटले पराजित गर्दा, सन् २०१८ मा भएको विश्व क्रिकेट लिग डिभिजन दुईमा एक विकेटको रोमाञ्चक जित हात पारेको थियो।
नेपाल र क्यानडा विरुद्ध टी-ट्वान्टी खेलमा भने एकपटक मात्र आमनेसामने भएका छन्। सन् २०११ मा भएको टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा एकै समूहमा रहि प्रतिष्पर्धा गर्दा क्यानडाले नेपाललाई १८ रनले पराजित गरेको थियो।
दक्षिण अमेरिकी क्रिकेट क्वालिफायरमा दमदार प्रदर्शन गर्दै क्यानेडेली टोलीले ग्लोबल छनोटमा आफ्नो स्थान पक्का गरेको थियो। ग्लोबल छनौट समूहमा ओमान, नेपाल, क्यानडा र फिलिपिन्सका रहेका छन्।
क्यानेडियन राष्ट्रिय क्रिकेट टोलीमा पूर्व भारतीय तथा पूर्व पाकिस्तानी खेलाडीहरूको बाहुल्यता रहेको छ। सन् २०११ को एकदिवसीय विश्वकप खेलिसकेको क्यानेडियन राखी टोलीले त्यस पश्चात भने उक्त सफलता हात पार्न सकेको छैन।
महादेशीय प्रतियोगितामा अमेरिकी टोलीहरु विरुद्ध हाबी भएतापनि क्यानेडियन टोलिले पछिल्ला तीन वर्षमा ठूला टोलीहरू विरुद्ध राम्रो नतिजा निकाल्न सकेको छैन।
महादेशीय स्तरमा क्यानडालाई टक्कर दिने संयुक्त राज्य अमेरिका बाहेक अन्य टोली देखिँदैन। सन् २०१९ को विश्वकप छनोट प्रतियोगितामा आयरल्याण्डलाई १० रनले पराजित गरे पश्चात क्यानेडाले सोही स्तरको टोलीलाई पराजित गर्न सकेको छैन।
ठूला टोलीहरु विरुद्ध जित निकाल्न नसकेको अवस्थामा पनि नेपालले क्यानडा बिरुद्ध आफ्नो शतप्रतिशत प्रयास भने दिनुपर्नेछ। दुबै टोलीले पछिल्ला केही महिनायता राम्रा स्तरका टोलीहरु सँग प्रतिस्पर्धा नगरेका कारण चुनौति उत्तिनै थपिएका छन्।
दक्षिण एसियाका अधिकांश टेस्ट राष्ट्रबाट घरेलु क्रिकेट खेलेर राष्ट्रिय टोलीमा ठाउँ बनाएका खेलाडी भएका कारण, एसियाली पीचमा राम्रो प्रदर्शन गर्ने क्यानेडियन टोलीविरुद्ध नेपालले तेस्रो खेलमा शतप्रतिशत जितका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ।
ठुला टोलि विरुद्ध जीत् निकाल्न नसकेको क्यानडाले राम्रा टोलि विरुद्ध खेल्ने मौका खास्सै पाएको छैन। अधिकांश पुरानै खेलाडीको आसमा रहेको क्यानेडियन टोलि चुक्न सक्ने अर्को मुख्य ठाउँ भनेको यहि रहेको छ।
आँफु भन्दा कम्जोर स्तरका टोलीलाई हराएपनि आफु भन्दा अब्बल र आँफु सरहका टोलि संग आफुलाई प्रस्तुत गर्ने मौका पाएको छैन।
पछिल्ला केहि खेलमा जित निकालेको नेपाललाई उक्त नतिजाले मनोबल प्रदान गर्नेछ। तर छनौट अघि हुने सिरिजमा नेपालले आफ्नो ब्याटिंगमा सुधार गर्न सके क्यानडालाई पराजित गर्न नेपाल सक्षम टोलि हो।
तुलनात्मक रुपमा बलियो प्रतिद्वन्दी ओमान विरुद्ध पहिलो खेलमा नेपालले गर्ने प्रदर्शनले विश्वकप छनौटको यात्रामा निकै ठूलो भूमिका खेल्ने स्पष्ट देखिन्छ।