हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल क्रिकेट संघ (क्यान) ले आगमी महिना हुने टि२० विश्वकप ग्लोबल छनोटको लागि अन्तिम १६ सदस्य टोली घोषणा गरेको छ।
अस्ट्रेलियामा यसै बर्ष हुने टि – २० विश्वकप प्रतियोगताको छनौटका लागि नेपालले अर्को महिना बाट छनौट चरण खेल्ने तालिका रहेको छ।
यसपटक टोलीमा नियमित तिब्र गतिका बलिंग अलराउण्डर सोम्पाल कामि अटाएका छैनन् भने अनुभवी विकेट किपर ब्याट्सम्यान बिनोद भण्डारी पनि छैनन्।
तर प्रधानमन्त्री कप क्रिकेटमा उत्कृस्ट प्रदर्शन गरेका युवा खेलाडी लोकेस बम र बिबेक यादव भने सामेल भएका छन्।
टोलीमा अनुभवी खेलाडी शरद भेषावकर, प्रदीप ऐरी र तीव्र गतिका बलर जितेन्द्र मुखियाले भने पुनरागमन गरेका छन्।
मुखिया लामो समय पश्चात राष्ट्रिय टोलीमा फर्किएका हुन।
क्यानका क्रिकेट म्यानेजर विनोद दासले सोमपाल फिट नभएर नपरेको छनोट समितिले जानकारी दिएको बताएका छन्।
आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए आगमी फेब्रुअरी १७ देखि २४ सम्म हुँदैछ। ग्लोबल छनोट “ए” मा नेपाल सहित ८ टोली छन्।
८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन्।
आयरल्यान्ड, युएई, जमर्नी र बहराइन समूह ए मा छन् । समूह चरणमा उत्कृस्ट प्रदर्शन गर्दै दुवै समुह बाट शीर्ष दुईमा आउने ४ टोली सेमिफाइनलमा पुग्नेछन्।
फाइनलमा पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन्।
छनौट भएका राष्ट्रिय टोलीका खेलाडीहरु:
सन्दीप लामिछाने (कप्तान),जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम, प्रदीप ऐरी, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी।