टि- ट्वान्टी सिरिज : पपुवा न्युगिनी विरुद्ध नेपालको संघर्षपूर्ण जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| काठमाडौंमा आज देखि सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपालले पपुवा न्युगिनी विरुद्ध संघर्षपूर्ण जित निकालेको छ।

पपुवा न्युगिनी विरुद्ध १५ रनको जित निकाल्दा नेपालले पिएनजी विरुद्ध पछिल्लो ३ खेलमा पहिलो जित निकालेको हो।

टियु अन्तरास्ट्रिय मैदानमा भएको खेलमा १८४ रनको लक्ष्य पछ्याएको पीएनजी, निर्धारित १९.२ ओभरमा खेलमा सबै विकेट गुमाउदै १६८ रनमा समेटिएको थियो।

निकै रोमान्चक बनेको खेलमा नेपालका लागि सन्दिप लामिछानेले उत्कृस्ट बलिंग गर्दै ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए।

त्यसैगरी करण केसीले ३ र सोम्पाल कामीले एक तथा अभिनाष बोहोराले २ विकेट लिए।

पपुवा न्युगिनीका लागि नोर्मन भानुवाले सर्बाधिक ५२ रन बनाउदा लेगा सियाकाले २१ रन जोडे। चार्ल्स अमिनीले भने २२ रन बनाए।

कप्तान अर्षद भालाले ७ रन बनाउदा सेसे बाउ ३० रनमा पेभेलियन फर्केका थिए। पिएनजीका लागि अन्य ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन्।

यसअघि किर्तिपुर स्थित टियु खेलमैदानमा भएको खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १८३ रन जोडेको थियो।

जारि प्रतियोगितामा ओपनिंगमा संघर्ष गरिरहेको नेपालका लागि आजपनि उक्त समस्या दोहोरिएको थियो। ओपनर कुशल भुर्तेल व्यक्तिगत २० रन बनाउदा, रन आउट हुदैँ पेभेलियन फर्किएका थिए।

११ बलको सामना गरेका कुशलले ३ चौका र एक छक्का प्रहार गरे। त्यसपछि नेपालको इनिंग युवा ब्याट्सम्यान रोहित पौडेल र आसिफ शेखले सम्हालेका थिए।

दुवैले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए। आसिफ शेखले ३५ बलमा ५ चौका र १ छक्काको मद्दतले ४३ रन जोडे भने रोहित पौडेलले २६ बलमा ३४ रन बनाए।

खेलको मध्यान्ह सम्म राम्रो ब्याटिंग गरेको नेपालले सोहि प्रदर्शन पुनः दोहोर्याउन सकेन।

११औँ ओभरमा १०५ रनमा दोस्रो विकेट गुमाएको नेपालले त्यस्पचात लगातार रुपमा आफ्नो विकेट गुमाउदा बिशाल स्कोर बनाउने लक्ष्यबाट बन्चित हुन पुगेको थियो।

अनुभवी ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले केवल ४ रन बनाए भने कुशल मल्लले एकपटक पुनः निराश बनाउदै ११ रनमा आउट हुन पुगेका थिए।

लोकेश बम केवल ५ रनमा पेभेलियन फर्केका थिए।

करण केसी केमियो पारी खेल्दै ७ बलमा २ छक्काको मद्दतले १४ रन जोडे भने आरिफ सेखले २२ बलमा ३ चौका र २ छक्काको मद्दतले ३१ रन बनाए।

पिएनजीका लागि राइली हाकुरेले ४ ओभरमा २९ रन दिदै एक विकेट लिए भने नोर्मन भानुवाले समान ४ ओभर बलिंग गर्दै १ विकेट लिए। त्यसैगरि अलि नाओ, चाड सोपर र चार्ल्स अमिनीले समान २-२ विकेट लिएका थिए।

यस अघि पीएनजी विरुद्ध नेपालले घरेलु मैदानमै दुई एकदिवसीय शृंखला गुमाएको थियो। नेपालले शृंखला अन्तर्गतको दोस्रो खेल मलेसिया विरुद्ध बुधबार खेल्नेछ।

 

Leave a Reply

Next Post

आफ्नो भविष्य बारे यस्तो बताउछन् क्रिस्टियानो रोनाल्डो

Mon Mar 28 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो खेलजीवनमा धेरै महत्वपूर्ण खेल खेलेका छन् चाहे त्यो राष्ट्रका लागि होस् या क्लबका लागि। तर आगामी मंगलबार उनले सम्भवतः त्यस्तै महत्वपूर्ण मध्येको एक खेल नर्थ म्यासेडोनिया विरुद्ध खेल्नेछन् जसले उनलाई उनको पाँचौ विश्वकपको नजिक पुर्याउने छ। खेल जितेमा रोनाल्डोले पोर्चुगललाई यसै […]
%d bloggers like this: