टि २० विश्वकपमा हङकङ विरुद्ध शक्ति गौचनको त्यो प्रदर्शन!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दुबई र ओमानमा जारी टि- २० विश्वकप प्रतियोगिता भइरहँदा हामी नेपालीलाई भने सन् २०१४ को विश्वकप झझल्कोले सताउँछ।

यसपटक मात्र हैन अघिल्लोपटकको विश्वकपमा पनि नेपाल भईदिएको भए भन्ने भावना पलाईरहन्छ।

नेपाली खेलकुद इतिहासमै सबैभन्दा गौरवमय क्षण बनेको सन् २०१४ को टि-ट्वान्टी बिश्वकप सम्पूर्ण नेपालीको मस्तिष्कमा अझै पनि ताजा छ।

अझ सुनमा सुगन्ध त नेपालले पहिलो खेल जित्दै थपेको थियो।

हङकङविरुद्ध पहिलो खेलमै ८० रनको शानदार जित निकालेको नेपाली टोलीलाई त्यसबखत हाम्रा टोलीका स्पिन विज्ञ शक्ति गौचनले ऐतिहासिक प्रदर्शन गरेका थिए।

हङकङ टस जितेर पहिले ब्याटिङको निम्तो दिएको नेपाललाई निर्धारित २० ओभरमा १४९ रनमा रोकेको थियो। ज्ञानेन्द्र मल्ल(४८) र पारस खड्का(४१) ले राम्रो पारी खेलेका थिए।

जवाफी १५० रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको हङकङको टोली नेपाली स्पिन विरुद्ध चल्न सकेन। कप्तान पारस खड्काले इरफान अहमदलाई पहिलो बलमै डक आउट गरेका थिए।

तर सबैभन्दा प्रभावशाली बलिङ भने नेपालका लेजेण्ड खेलाडी शक्ति गौचनले गरेका थिए। टीट्वेन्टी विश्वकपमा उनले निकालेको आँकडा विश्वमै सफल मध्येको एक हो। ४ ओभर बलिङ गर्दा केवल ९ रन दिएर ३ विकेट लिएका थिए शक्ति गौचनले।

छैठौं ओभरमा ओपनर बर्कतलाई आउट बनाएपछि लगातार दबाब बनाएका शक्तिले त्यस समय विस्फोटक मानिने बाबर हायातलाई एघारौं ओभरमा बोल्ड गर्दै आफ्नो दोस्रो शिकार बनाएका थिए।

बाबर हायात लगत्तै आएका अजीज खान पनि लामो समय टिक्न सकेनन्। केवल ३ बल खेलेका उनले खाता खोल्न नपाउँदै शक्ति गौचनले पेभेलियन फर्काइदिए। त्यस समय शक्ति गौचनले गरेको किफायती बलिङको प्रसंशा विश्वभरमा गरिएको थियो।

शक्ति गौचन सँगै अर्का स्पीन बलर वसन्त रेग्मीले पनि तीन विकेट लिँदा हङकङको टोली १७ ओभरमा केवल ६९ रनमा समेटेको थियो।

नेपालले खेलेको पहिलो विश्वकपमा पहिलो म्यान अफ दि म्याच पाएका शक्ति गौचन नेपाली क्रिकेटको एक अमर नाम हुन। उमेर समूह हुँदै नेपाली राष्ट्रिय टोलीमा एकपछि अर्को सफलता दिलाएका शक्ति गौचन अहिले खेलाडी जीवनबाट सन्यास लिइसकेपछि आफ्नै एकेडेमी सञ्चालनमा ल्याएका छन्।

 

Leave a Reply

Next Post

ग्राहम रोबर्ट्स: जसले नेपाललाई दक्षिण एसियाकै नम्बर एक टोलि बनाए

Tue Oct 26 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली फुटबलले आफ्नो समग्र इतिहासमा दक्षिण एसियाको नम्बर एक टोलि बन्न केवल दुई मौका जुराएको छ। सन् ९० को दशकमा एकपटक भने अर्कोपटक २०१० पछि जब ग्राहम रोबर्ट्स नेपालि राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बने। उनको समयमा नेपालले सम्भवतः साउथ एसियामै सबै भन्दा राम्रो फुटबल खेल्ने गर्थ्यो। […]
%d bloggers like this: