हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दुबई र ओमानमा जारी विश्वकप प्रतियोगितामा नेदरल्याण्ड श्रीलंकाली टोलि विरुद्ध सस्तैमा समेटिएको छ।
समूह ‘ए’ अन्तर्गतको अहिलले भइरहेको अन्तिम खेलमा नेदरल्याण्डको टोलीले कुल १० ओभर खेल्दा सबै विकेट गुमाएर केवल ४४ रन मात्र जोडेको छ।
टि २० खेलमा यसअघि पनि नेदरल्याण्डको टोलि श्रीलंका विरुद्ध केवल ३९ रनमा अलआउट भएको थियो।
नेदरल्याण्डका तर्फबाट केवल एक ब्याट्सम्यानले दोहोरो अङ्क जोड्दा अन्य ब्याट्सम्यानहरु झिनो अंकमै समेटिन पुगेका थिए।
सर्बाधिक रन बनाउने क्रममा कोलिन एकरम्यानले ९ बलमा ११ रन जोडेका थिए भने दोस्रो सर्बाधिक ९ रन बेन कुपरले बनाएका थिए।
नेदरल्याण्ड्सलाई सस्तैमा समेट्ने क्रममा श्रीलङ्काली बलरहरुले विश्वस्तरीय बलिंग प्रदर्शन गरे।
श्रीलंकाली स्पिनर वानिदु हसरंगाले ३ ओभरमा केवल ९ रन दीदा ३ विकेट चट्काए भने तेज गतिका बलर लहिरु कुमाराले ३ ओभरमा १ मेडन राख्दै मात्र ७ रन दीदा ३ विकेट आफ्नो नाममा गरे। त्यसै गरि दुस्मंथा चमिराले २ ओभरमा १३ रन दिदै १ विकेट लिए भने महिष थिकसिनाले १ ओभर बलिंग गर्दा ३ रन दिदै २ विकेट लिए।