हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर युनाइटेडका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोको भविष्यको चर्चा पुनः चुलिएको छ।
यस सिजन म्यानचेस्टर युनाइटेडका शीर्ष गोलकर्ता रहेका क्रिस्टियानो, टेन ह्यागको योजनामा नभएको बताईएको छ।
डच प्रशिक्षक एरिक टेन ह्याग म्यान्चेस्टर युनाइटेडको नयाँ प्रशिक्षकका रुपमा नियुक्त लगभग हुने भइसकेका छन्।
खस्किदो म्यान्चेस्टर युनाइटेडको प्रदर्शनलाई सुदृढ बनाउन तथा टोलीलाई पूर्ण सक्षम बनाउन उनको योजनामा रोनाल्डो नभएको बताइएको छ।
परम्परागत टोटल फुटबल र आधुनिक फुटबल शैलीका समिश्रण रहेका प्रशिक्षक टेन ह्यागले युनाईटेडलाई रोनाल्डो बेच्न बाटो दिईसकेको रिपोर्टहरुले जनाएका छन्।
आफ्नो भविष्यको चर्चा चुलिए संगै सँगै क्रिष्टियानो रोनाल्डोले आफ्ना एजेन्ट जर्ज मेन्देस संग भेटवार्ता गरेको खबर पनि बाहिर आएका छन।
कीर्तिमानी २० पटकको इंग्लिस च्याम्पियन म्यानचेस्टर युनाइटेड भने भनिहाल लिगमा सातौं तथा च्याम्पियन्स लिगमा खराब प्रदर्शन गर्दै बाहिरिसकेको अवस्था रहेको छ।
१२ वर्षपछि म्यान्चेस्टर युनाइटेडमा आफ्नो पुनरागमन पश्चात राम्रो प्रदर्शन गरेका रोनाल्डोको हालैका दिनमा प्रदर्शन भने खस्किएको छ।
पोर्चुगिज फरवार्डले म्यानचेस्टर युनाइटेडमा सनसनीपूर्ण पुनरागमन पूरा गरेपछि फुटबल जगत गत समरमा स्तब्ध भएको थियो।
युनाइटेडको ट्रफी खडेरीलाई अन्त्य गर्ने व्यक्ति हुनसक्ने आँकलन गरिएको थियो।
गत सिजन म्यानचेस्टर सिटी पश्चात दोश्रो स्थानमा रहेको युनाईटेडले यस सिजन प्रिमियर लिगको उपाधिका लागि प्रमुख दाबेदार हुने प्रक्षेपण गरिएको थियो।
रोनाल्डोको आगमन पश्चात टोलीको प्रदर्शन निरन्तररुपमा खस्किन पुग्दा सिजनको अपेक्षाकृत हुन पुगेन।
च्याम्पियन्स लिगको समूह चरणमा पाँच गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई नक आउट चरणमा पुग्न मद्दत गरेपनि उनको प्रदर्शनले निरन्तरता पाउन सकेन।
उनको भाग्य युनाइटेडको आगमन प्रशिक्षकले उनको लागि निर्णय गरेको देखिन्छ।
उमेर र विलासी खेलाडीको हैसियतलाई आउँदो समरमा प्रशिक्षक भएपछि, टेन ह्यागले उनीसँग काम गर्न नचाहनुको प्रमुख कारणको रूपमा उल्लेख गरेका छन्।