हाम्रो नेपाल; स्पोर्ट्स, काठमाडौं| एरिक टेन ह्यागले यस हप्ता इरेडिभिसी सिजनको अन्त्य पछि म्यानचेस्टर युनाइटेडमा आफ्नो काम सुरु गर्ने भएका छन।
सञ्चारमाध्यमलाई जानकारी गराउँदै सिजनको अन्त्य पश्चात आफूले विश्राम नगरी म्यानचेष्टर युनाइटेडमा तुरुन्त काम सुरु गर्ने उनले बताएका हुन्।
आफ्नो बिश्राम भन्दापनि म्यान्चेस्टर युनाइटेडमा अझै निकै कामहरु गर्नु पर्ने भएका कारण नयाँ काम सुरु गर्ने उनको भनाइ रहेको थियो।
“अवश्य पनि, त्यहाँ [युनाइटेडमा] धेरै काम गर्न बाँकी छ।” टेन ह्यागले भने।
“हरेक क्लबमा धेरै काम हुन्छ। प्रबन्धकको काम विशेष गरी अर्को सिजनको तयारीमा केन्द्रित हुन्छ।
“कर्मचारीको सन्दर्भमा, त्यहाँ धेरै कुराहरु छन् जुन व्यवस्थित गर्न आवश्यक छ।
” टोलीको बारेमा गहन रूपमा ध्यान केन्द्रित गर्नेछौं।” उनले बताए।
आउँदो सिजनको तयारीसँगै उनले म्यानचेस्टर युनाइटेडका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो आफ्नो योजनाको महत्वपूर्ण खेलाडी रहेको समेत बताएका छन्।
म्यानचेस्टर युनाईटेडमा स्तरिय खेलाडि भएको र त्यसमा पनि क्रिस्टियानो रोनाल्डोको दर्जा अरुभन्दा निकै अब्बल रहेको उनको तात्पर्य रहेको थियो।
” युनाइटेडमा धेरै राम्रा खेलाडीहरू छन्,” टेन ह्यागले भने।
“हामीले उनीहरूलाई टोलीको रूपमा काम गर्न लगाउनु पर्छ, तर निश्चित रूपमा [क्रिस्टियानो] रोनाल्डो – उनि विशाल छन्।” उनले बताए।
क्रिस्टियानो रोनाल्डोले पनि एरिक टेन ह्याग संग काम गर्न निकै उत्साहित रहेको बताएका थिए।
डच क्लब आयक्स सँग उनको सहकार्य र उनले हात पारेका सफलताको बयान गर्दै, उनले म्यान्चेस्टर युनाइटेडमा उनी सफल हुने र सँगै महत्वपूर्ण उपाधिहरू जित्ने कुरामा आशावादी देखिएका थिए।
नवनियुक्त प्रशिक्षक एरिक टेन ह्यागले आफ्नो कार्यकालमा तीनपटक शिर्ष डिभिजनको उपाधि जित्न सफल भए भने आयक्सलाई युरोपेली फुटबलमा डार्क हर्सकोरुपमा परिचित गराएका थिए।
सन् २०१८/१९ को सिजनमा च्याम्पियन्स लिगमा हात पारेको सफलताले नै उनलाई युरोपेली फुटबलमा उदाउँदा प्रशिक्षकको उपाधि दिएको थियो।