हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| डच कोच एरिक टेन ह्याग हाल युरोप भरि सर्बाधिक चर्चाको बिषय बनिरहेका छन्।
आयक्स छाड्ने र म्यानचेस्टर युनाईटेडमा प्रशिक्षकका रुपमा नियुक्ति हुने कुरा अहिले व्यापक रहेको छ।
तर उनलाई उनकै देशका प्रशिक्षक तथा पुर्ब म्यान युनाईटेड म्यानेजर लुइस भान गालले भने त्यहाँ नजान सुझाब दिएका छन्।
लुइस भान गालले म्यानचेस्टर युनाइटेड कोचको रूपमा आफ्नो समय मिश्रित खालको बिताएका थिए।
आफ्नो अन्तिम कार्यकालमा एफए कप जिताए पनि उनको खेलाउने शैलीले व्यापक आलोचना भोगेका थिए।
युनाईटेडमा केहि सफलताको गोरेटो बनाएपनि दुई सत्र पछि उनलाई बर्खास्त गरिएको थियो।
यद्यपि उनले एरिक टेन ह्यागलाई व्यावसायिक क्लबको सट्टा फुटबल क्लबमा सामेल हुन आग्रह गरेका छन्।
उनको बुझाईमा म्यानचेस्टर युनाईटेड एक फुटबल क्लब नभएर व्यावसायिक क्लब रहेको छ।
अनुभवी डच प्रशिक्षकले ओल्ड ट्राफोर्डमा उनीसँग काम गर्दा विशेष गरी ट्रान्सफर र प्रि-सिजन टुरहरूको सन्दर्भमा एड वुडवर्डको व्यावसायिक फोकसको विरोधको बारेमा बोलेका थिए।
“मलाई लाग्छ कि एरिक टेन ह्याग एक महान प्रशिक्षक हुन्, उसले धेरै पटक देखाएको छ, र म्यानचेस्टर युनाइटेडका लागि एक महान प्रशिक्षक सधैं राम्रो हुन्छ,” भान गालले पत्रकार सम्मेलनमा घोषणा गरे।
“एरिक टेन ह्यागलाई फुटबल क्लब चाहिन्छ, व्यावसायिक क्लब होइन र म्यानचेस्टर युनाइटेड एक व्यावसायिक क्लब हो।”
भान गालले क्लबको साथ आफ्नो कार्यकालमा एफए कप जितेका थिए, तर उनको खेल शैलीको आलोचनाले २०१५/१६ सिजनको अन्त्यमा बर्खास्त गरेको थियो।
ओल्ड ट्राफोर्ड छोडेर सन्यास लिने भनी भनी भान गाल डच राष्ट्रिय टोलीमा फर्किए, तर २०२२ मा विश्वकप आयोजना गर्ने कतारविरुद्ध पनि बोलेका छन्।
“फिफाले यसलाई त्यहाँ फुटबलको बिकाशका लागि कसरी भन्न सक्छ?। त्यो बकवाश हो,” उनले व्याख्या गरे।
“यसले कुनै फरक पर्दैन, यो पैसाको बारेमा हो, पैसा फिफाको मुख्य उद्देश्य हो।
“मेरो यूईएफए विशेषज्ञताको साथमा म फिफा आयोगको सदस्य नभएको किन सोच्नुहुन्छ? किनभने मैले सधैं यस प्रकारका संगठनहरू विरुद्ध मेरो दूरी राखेको छु।”