टोकियो ओलम्पिक २०२०| स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ओलम्पिक तर्फको पुरुष फुटबल फाइनल खेलमा ब्राजिल र स्पेन स्वर्ण पदकका लागि भिड्ने भएका छन्।

हिजो सम्पन्न सेमीफाइनलका दुई खेलमा ब्राजिलले मेक्सिकोलाई र स्पेनले जापानलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा तयार गरेका हुन्।

हिजो खेलिएको सेमीफाइनलका दुवै खेल अतिरिक्त समयमा गएको थियो। मेक्सिकोको चुनौती ब्राजिलले पेनाल्टीमा ४-१ ले पन्छाएकोको थियो भने जापानलाई स्पेनले अतिरिक्त समयमा १-० गोलअन्तरले पराजित गरेको थियो।

समूह ‘डी’ मा रहेको ब्राजिलले फाइनलको यात्रा तयार गर्ने क्रममा समूह चरणको खेलमा जर्मनी विरुद्ध ४-२ को नतिजा निकालेको थियो भने आइवोरी कोस्ट विरुद्ध ०-० को बराबरी खेलेको थियो। त्यस्तै समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई ३-१ ले जित्दै क्वार्टरफाइनलको यात्रा तयार पारेको थियो।

क्वार्टरफाइनलमा इजिप्ट लाई १-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा मेक्सिको सँग ब्राजिलको आमनेसामने भएको थियो। निर्धारित र थपिएको थप समयमा गोल हुन नसकेपछि उक्त सेमिफाइनल खेल पेनाल्टी सुटआउटमा पुगेको।

पेनाल्टी सुटआउटमा मेक्सिको लाई ४-१ ले पराजित गर्दै ब्राजिल पुरुषतर्फको ओलम्पिकको फाइनलमा लगातार तेस्रोपटक पुगेको हो।

यस्तै समुह ‘सी’ मा रहेको स्पेनले फाइनलसम्म यात्रा तय गर्ने क्रममा समूह चरणमा इजिप्टमा विरुद्ध ०-० को बराबरी खेलेको थियो। अष्ट्रेलिया विरूद्ध १-० को साँघुरो जित निकालेको थियो भने आफ्नो तेस्रो तथा अन्तिम खेलमा अर्जेन्टिना बिरुद्ध १-१ को बराबरी खेल्दै क्वार्टर फाइनलको यात्रा तयार गरेको थियो।

क्वार्टर फाइनलमा अतिरिक्त समयमा आईवोरी कोस्टलाई ५-२ गोल अन्तरले हराउँदै स्पेन सेमीफाइनल पुग्न सफल भएको थियो। सेमिफाइनलमा जापानलाई पनि अत्तिरिक्त समयमै १-० गोल अन्तरले हराउदै स्पेनले फाइनल को टिकट काटेको हो।

स्पेनले यो भन्दा अघि दुइ पटक ओलम्पिक फाइनल खेलिसकेको छ। जसमा एक पटक स्वर्ण(१९९२) जित्न सफल भइसकेको छ भने एक पटक रजतपदक मा सीमित भएको थियो।

स्वर्णपदकका लागि स्पेन र ब्राजील ७ अगस्टमा योकोहामा अन्तर्राष्ट्रिय रंगशालामा भिड्दैछन्।

 

Leave a Reply

Next Post

पेरिस सेन्ट जर्मन र म्यानचेस्टर युनाइटेड बीच खेलाडी सम्झौताको सम्भावना बढ्दो !!

Wed Aug 4 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। म्यानचेस्टर युनाइटेडका मिड्फ़िल्डर पल पोगबा यति बेला निकै चर्चा का विषय बनिरहेका छन्। हुन त पाँच वर्ष अघि युनाइटेडले कीर्तिमानी रकम तिरेर भित्र्याए देखिनै उनलाई मिडियाले सधैं बिषयबस्तु बनाइरहेका छन्। यसपालि भने अलि गम्भीर किसिमले उनको हल्ला बजारमा उन्माद छ। कहिले आफ्नो जीवनशैलीले त कहिले खेलमा […]
%d bloggers like this: