टोटेनहम युरोपा कन्फरेन्स लिगबाट बाहिरियो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस क्लब टोटेनहम हटस्पर युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ।

कोभिड –१९ का कारण समूह चरणको अन्तिम खेल खेल्न नसकेकोमा युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले ३-० को हारको नतिजा सुम्पने निर्णय गरेसँगै टोटेनहम लिगबाटै बाहिरिएको हो ।

युइएफएले कन्फ्रेन्स लिगको प्ले अफको ‘ड्र’ सार्वजनिक भइसकेको र यो खेलको लागि कुनै समय उपलब्ध नरहेकाले खेल नै रद्द गरिएको बताए ।

कोरोनाका कारण ९ डिसेम्वरमा रेनेससँग हुनुपर्ने खेल स्थगित भएको थियो । उक्त खेल टोटेनहमका खेलाडीमा कोरोना संक्रमण देखिएका कारण यूईएफएले नै स्थगित गरेको थियो ।

लिग चरणको अन्तिम खेल खेल्न फ्रान्सेली क्लब रेनेस लन्डन पुगेको थियो ।

खेल हुनुभन्दा एक रात अघि मात्रै रेनेसलाई खेल स्थगित भएको जानकारी दिएको थियो । टोटेनहमले रेनेस राजि भएको अवस्थामा फ्रान्समै गएर खेल्ने बताएपनि फ्रान्सेली क्लबला इच्छा व्यक्त गरेन ।

युइएफएले प्रतियोगिता नियमावलीको जे ३.१ को नियमअनुसार रेनेसलाई ३–० को जितसहित ३ अंक दिलाएको छ ।

युइएफएको यो निर्णयले रेनेस समूह ‘जी’ मा ११ अंक जोडेर समूह विजेता बन्यो । भिटेस १० अंक जोडेर दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुग्न सफल भएको छ । टोटेनहम ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

यो नतिजाले भिटेसेले अब अर्काे चरण प्रवेशका लागि र्यापिड वेनसँग १७ र २४ फेब्रुअरीमा खेल्नेछ ।

– एजेन्सी

Leave a Reply

Next Post

प्रिमियर लिगका खेलहरु स्थगित नहुने

Tue Dec 21 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिगका क्लबहरूको आपतकालीन बैठक पछि कोभिडका केसहरूमा बृद्धिले ल्याएको चुनौतीहरूको बारेमा छलफल गर्न बसेको बैठकले निष्कर्ष निकालेको छ। फिक्स्चरहरू चाडपर्वको अवधिमा निर्धारित समय अनुसार जारी रहने प्रिमियर लिगले बताएको छ। इङ्गल्याण्डको शीर्ष लिगमा छ वटा फिक्स्चर सप्ताहन्तमा स्थगित गरिएको थियो चेल्सीले पनि वुल्भ्समा आफ्नो खेलको लागि […]
%d bloggers like this: