हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनह्याम र लिभरपुल बराबरीमा रोकिएका छन्।
स्पर्सको घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको लिभरपुलले २-२ को बराबरी खेलेको थियो।
घरेलु मैदानमा स्पर्सले खेलमा अग्रता बनाएको थियो ।खेलको १३ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई १-० को अग्रता दिलाएका थिए।
जारि लिग सिजनमा खराब प्रदर्शन गरिरहेका उनको यो केवल दोस्रो गोल रहेको छ।
तर, ३५ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए। जोटाले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गरेका थिए।
पहिलो हाफ रोमान्चक बन्दै १-१ को स्थितिमा सकिएको थियो। दोस्रो हाफमा खेलको गति बढाउदै दुवै टोलीले उच्च खेल प्रदर्शन गरे।
६९औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल एन्ड्रिउ रोबर्टसनले गोल गर्दै लिभरपुललाई खेलमा २–१ को अग्रता दिलाए।
तर लिभरपुलको अग्रता धेरै बेर टिक्न सकेन, ७४औं मिनेटमा कोरियन स्टार ह्युङ मिन सनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।
७७औं मिनेटमा लिभरपुल भने १० खेलाडीमा समेटिन पुगेको थियो।
स्पर्सका खेलाडी इमर्सन रोयललाई फल गरेपछि रेफ्रीले भार को सहायता लिदै रोबर्टसनलाई रातो कार्ड देखाँउदै मैदान बाहिर पठाएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो।
बराबरीसँगै दोस्रो स्थानमा यथावत रहेको लिभरपुलको १८ खेलबाट ४१ अंक पुगेको छ । लिभरपुल शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ३ अंकले पछि परेको छ । टोटेनहम १५ खेलबाट २६ अंक जोडेर सातौ स्थानमा रहेको छ ।