ट्रान्सफरको अन्तिम दिनमा बार्सिलोनाको नाटकिय निर्णय !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। यसपटकको ट्रान्सफर विण्डोवले त्यसै पनि अपत्यारिलो मोड लिसकेको छ।

बार्सिलोनाका लेजेण्ड मेस्सीले घर छोड्नु देखि लिएर म्यानचेस्टर युनाइटेडका लेजेण्ड रोनाल्डो घर फर्किनु, लुकाकु चेल्सी फर्किनु देखि लिएर अरु धेरै ठुला ठुला ट्रान्सफरहरु हामीले देख्न पायौ।

आज ट्रान्सफरको अन्तिम दिन हो। कसैको पनि सोचमा नभएको एक अन्तिम ट्रान्सफरको बारेमा सुन्नमा आयो। एण्टोनियो ग्रिजम्यानलाइ केहि बर्ष अगाडी महँगो मूल्यमा भित्र्याएको बार्सिलोनाले लोनमा ग्रिज्म्याँलाइ अथ्लेटीको मड्रिडमा दिएको छ।

१०३ मिलियनमा बार्सिलोना भित्रिएका ग्रिज्म्यान एक सिजनको लोनमा एथ्लेटिको मड्रिड गएका छन्।

एथ्लेटीको मड्रिडसंग लोनको अबधिलाइ बढाउने मौका भए पनि, डिललाइ कम्प्लिट गर्ने अप्सन भने छैन ।

स्काई स्पोर्ट्स अनुसार , पर्मानेन्ट डिल भएको खण्डमा डिलको मूल्य ३५ मिलियन पाउण्ड हुने छ।

मिडफ़िल्डर सौल निग्युएजलाइ चेल्सीमा बेचिसके पछि, एथ्लेटिको मड्रिडले ग्रिज्म्यानको लोनको बारेमा कुरा अगाडी बढाएको हो।

बार्सिलोनाअनुसार एथ्लेटीको मड्रिडले ग्रिज्मानको पुरै तलबको जिम्मेबारी लिनेकुरामा सहमति जनाएको छ।

बार्सिलोनामा रहदा, एण्टोनियोले १०२ वटा खेलमा ३५ गोल गरेका थिए। आफ्नो वेज बिल घटाउने प्रयासमा बार्सिलोनाले उक्त निर्णय लिएको हो।

Leave a Reply

Next Post

इभेरेष्ट प्रिमियर लिगमा अनुबन्धन भएका ठुला बिदेशी नाम यस प्रकार छन् :

Wed Sep 1 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं। आसन्न एभरेष्ट प्रिमियर लिगको अन्तिम तयारी जोड तोडका साथ सुरु हुन थालेको छ। ६ टोलीले राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने यो प्रतियोगिता नेपाली क्रिकेटकै सबैभन्दा ठूलो प्रतियोगिता हो। प्रतियोगिता हेर्दै गर्दै आएको इपीएल म्यानेजमेन्टले यसपालिको संस्करणको विजेतालाई ५० लाख पुरस्कार राशी घोषणा गरेको छ। उपविजेताले भने […]
%d bloggers like this: