हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका आगामी प्रशिक्षक एरिक टेन ह्यागले क्रिस्चियन एरिक्सनका लागि योजना बनाएको रिपोर्ट बाहिरिएको छ।
ब्रेन्टफोर्डसँग फुटबलमा फर्किएपछि प्रभाव पारिरहेका एरिकसेनका लागि आवश्यक कदम चाल्ने बताईएको छ।
अर्को तिर स्पर्सका म्यानेजर कोंटेले पनि एरिक्सेनलाई भित्र्याउन सम्भब प्रयास गर्ने बताईएको छ।
दुवै जोडीले मिलेर इन्टर मिलानलाई लिग उपाधि जिताउन उल्लेख्य भूमिका खेलेका थिए।
म्यानचेस्टर सिटीले पाउल पोग्बालाई नि:शुल्क ट्रान्सफरमा अनुबन्ध गर्ने मौका अस्वीकार गरेको बताइएको छ।
फर्नानडीन्होले क्लब छाड्ने तय भए संगै उनको स्थानका लागी वेस्ट ह्याम स्टार डेक्लन राइसको स्थिति नियालिरहेको बताईएको छ।
रोमाले रुबेन लोफ्टस-चीकलाई अनुबन्ध गर्न सक्ने रिपोर्ट आएका छन्, जोस मोरिन्होको सूचीमा नेमान्जा माटिक पनि समावेश रहेका छन्।
आर्सनलले रोमाबाट ट्यामी अब्राहमलाई अनुबन्ध गर्न ५० मिलियनमा तिर्न तयार रहेको डेली मेलले बताएको छ, वर्तमान स्ट्राइकर अलेक्जेन्डर लाकाजेट र एडी न्केटियाह अनिश्चित भविष्यको सामना गरिरेहका छन्।
उनीहरूका प्राविधिक निर्देशक एडुले पनि यस समरमा क्लबले एक वा दुई खेलाडीलाई अनुबन्ध गर्ने कुरामा ध्यान दिने बताएका छन्।
एन्टोनियो रुडिगरले रोमन अब्रामोभिचमाथि प्रतिबन्ध लगाउनु अघि चेल्सीबाट प्रति हप्ता २ लाख पाउण्डको सम्झौता प्रस्ताव अस्वीकार गरेको खुलासा भएको छ।
उनले यस सिजनबाट चेल्सी छाड्ने लगभग पक्का भैसकेको छ भने रियल र बायर्न उनलाई भित्र्याउन प्रमुख दाबेदार रहेका छन्।
केलियन एमबाप्पे र पेरिस सेन्ट जर्मेनबीच सम्झौता वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताईएको छ।
फ्रान्सेलीमा खेलाडीलाई भित्र्याउन रियल म्याड्रिडले दुई सिजन देखि चासो दिईरहेको छ।
वेस्ट ह्यामले समरमा एभर्टनबाट माइकल केनलाई अनुबन्ध गर्ने बिषयमा आफ्नो स्काउटलाई निर्देशन दिएको छ।
टोटेनहमले बायर्न म्युनिख स्टार र पूर्व आर्सनल फरवार्ड सर्ज गनाब्रीको लागी बिड गर्न सक्ने रिपोर्ट आएका छन्। यद्दपी सर्जले बायर्न छाड्न सक्ने सम्भावना अति न्यून बताईएको छ।