हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले आफ्ना स्टार मिडफिल्डर फ्रांकी डी जोंगलाई तत्कालको नबेच्ने बताएको छ।
क्लबका अध्यक्ष लापोर्टाले हाल बार्सिलोनाले डो जोंगलाई बेच्न कुनै पनि किसिमले बाध्य नभएको बताएका छन्।
“हालको स्थितिमा उनि हाम्रा खेलाडी हुन र उनलाई बेच्नै पर्ने परिस्थितिको सिर्जना नहुन्जेल उनि यहिँ रहन्छन” उनले बताए।
म्यानचेस्टर युनाईटेडले गत साता ६५ मिलियनको आधिकारीक प्रस्ताव पठाएपश्चात दुवै क्लब विचको अन्य जानकारी आएको छैन।
युनाईटेडले नयाँ प्रशिक्षक टेन ह्याग भित्र्याए संगै लेफ्ट ब्याक मालासिया ल्याईसकेको छ भने डेनिस खेलाडी क्रिस्चियन एरिकसेन भित्र्याउने पक्का भइसकेको छ।
आयक्समा रहँदा निकै शानदार बनेको टेन ह्याग र डो जोंगको जोडीलाई, टेन ह्याग युनाईटेडमा पनि निरन्तरता दिन चाहन्छन।
अर्को तिर आफ्ना स्टार विंगर उसमान डेमबेलेलाई बार्सिलोनाले आफ्नो अन्तिम प्रस्ताव पठाइसकेको जानकारी दिएको छ।
आर्थिक संकटबाट गुज्रिरहेका कारण बार्सिलोनामा बस्न चाहेको खण्डमा, उस्मानले अहिलेको स्थितिमा ४० प्रतिशत तलब कटौती गर्नुपर्ने बताइएको छ।
लापोर्टाले उसमानलाई आफ्नो अन्तिम प्रस्ताव पठाईसकेको र उनले तलब कटौती गरेर बस्न चाहे बाटो खुल्ला रहेको बताए।
तर खेलाडीको तर्फबाट जवाफ नआएका कारण, चित्त नबुझेको खण्डमा क्लब छाड्न उनलाई बाटो खुल्ला रहेको समेत बताएका छन्।
म्यानचेष्टर युनाइटेडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले लगातार दोस्रो अभ्यास सत्र गुमाएका छन्।
युनाईटेड छाड्ने मनसाय व्यक्त गरिसकेका रोनाल्डोले, आफ्ना एजेन्ट मार्फत युरोपका अन्य क्लबहरू सँग वार्ता गर्न सुरु गरिसकेका रिपोर्टहरु बाहिरिएका छन्।
अर्जेन्टिनी खेलाडी एन्जेल डी मारियाले इटालियन महारथी युभेन्टस संग एक बर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्।
डी मारियासंगै युभेले युनाईटेडबाट फ्रान्सेली खेलाडी पल पोग्बालाई पनि भित्र्याउने पक्का भइसकेको छ।
बार्सिलोनाका अर्का युवा खेलाडी गाभीले क्लब संग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् र उनको रिलिज क्लज एक बिलियन युरो राखिने भएको छ।