ट्रान्सफर चहलपहल : पोग्बा र युभेन्टसको पुनर्मिलनको संकेत

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली स्टार मिडफिल्डर पाउल पोग्बा भित्र्याउन युभेन्टसले आफ्नो प्रस्ताव अघि सारेको छ। 

मिडफिल्डर पल पोग्बा सन् २०१७ मा युभेन्टसबाट किर्तिमानी रकममा म्यानचेष्टर युनाइटेड भित्रिएका थिए। 

विश्वकै सर्वाधिक महँगा खेलाडी बन्दै रेड देभिल्स भित्रीए पनि उनको पुनरागमन करियरलाई भने खासै सफल मानिँदैन। 

युनाइटेडमा कुल ६ सिजन खेल्दै २२६ खेलमा ३९ गोल गरेका पलले, फ्रान्सेली टोलि संग भने विश्वकप जितेका छन्।

म्यान्चेष्टर युनाइटेडमा भने युरोपा लिग र लिग कप गरेर उनले केवल दुई प्रमुख उपाधिहरू जित्न सफल भए। 

सम्झौता समाप्त भए लगत्तै चिरप्रतिद्वन्द्वी म्यानचेष्टर सिटीले पनि उनलाई अनुबन्धन को प्रस्ताव पठाएको रिपोर्ट आएको थियो। 

युनाईटेड संगको सम्झौता सकिएपछि नयाँ सम्झौतामा हस्ताक्षर नगर्ने बताएका उनले हाल पिएसजी र युभेन्तसको प्रस्तावहरु नियालिरहेका छन्।

युभेन्टसको तुलनामा पिएसजीले आकर्षक तलब सहितको प्रस्ताब गरेको रिपोर्ट आएपनि आधिकारिक रुपमा उनको क्याम्प संग वार्ता भने गरेको छैन। 

म्यानचेस्टरमा करिब पाँच वर्षको बसाइमा निकै उतारचढाव देखेका फ्रान्सेली मिडफिल्डर ले पुनः युभे मै आफ्नो करियर अघि बढाउन चाहेको फ्रान्सेली रिपोर्टहरुले बताएका छन्। 

सन् २०१८ मा उनको र जोसे माउरिन्होको सम्बन्धका बिग्रिएपछि उनले त्यसबखतनै युनाईटेड छाड्ने व्यापक हल्ला थियो।

त्यसअघि सन् २०१२ मा पोग्बाले म्यानचेस्टर युनाईटेड छाडेर इटालियन क्लब युभेन्टस रोजेका थिए।

इंग्ल्यान्ड फर्किनु अघि, उनि इटाली बसाइको क्रममा तीनपटक शिर्ष डिभिजन च्याम्पियन भएका थिए भने युरोपेली च्याम्पियन्स लिगमा उपविजेता भएका थिए। 

युभेन्टसले भने दुई वर्षअघि इटालियन सेरिया उपाधि हात पारे पछि, घरेलु तथा युरोपियन फुटबलमा खासै राम्रो लय समात्न सकेको छैन।

उसको अर्जेन्टिनी खेलाडी पालो डिबालाले पनि क्लब छाड्ने घोषणा गरेसँगै अर्का स्टार रक्षात्मक खेलाडी चेलिनीले पनि क्लब छाड्ने बताइसकेका छन्।

उनका एजेन्ट मिनो रेयोलाको निधनसँगै पोग्बाको अर्को क्लबको टुंग लाग्न भने केहि समय कुर्नुपर्ने देखिन्छ।

 

Leave a Reply

Next Post

गणेश थापालाई फिफाको चेतावनी!

Thu May 19 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भ्रष्टाचार काण्डमा मुछिएका अखिल नेपाल फुटबल सङ्घका पूर्व अध्यक्ष गणेश थापालाई फिफाले चेतावनी पत्र पठाएको छ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले १० वर्षको प्रतिबन्धमा परेका एन्फाका पूर्व अध्यक्ष गणेश थापाले फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन नहुने बताएको छ। एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई बुधबार लेखेको पत्रमा […]
%d bloggers like this: