ट्रान्सफर चहलपहल: रियल मड्रिडको विकल्प रोनाल्डो

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर युनाइटेड तथा पूर्व रियल मड्रिडका खेलाडी क्रिष्टियानो रोनाल्डोको, क्लबमा भविष्यको बारेमा चर्चा चुलिएको छ

म्यानचेस्टर युनाईटेडका लागि जारी सिजनमा सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले, अहिले सम्म २३ गोल गरिसकेका छन्

युरोपेली प्रतियोगिताबाट आफ्नो स्थान लगभग गुमाइसकेको युनाइटेडका लागि अबको आउँदो सिजन बस्ने कि नबस्ने भन्ने टुंगो छैन

नव प्रशिक्षक एरिक टेन ह्यागले पनि रोनाल्डोलाई आफ्नो पहिलो रोजाइमा राख्नलाई सकस देखाईसकेका छन्

उमेरले ३७औ बसन्त पार गरिसकेका रोनाल्डोले लगातार गोल गरिरहेता पनि आफ्नो खेल्ने शैलीमा फिट हुनेमा उनि सशंकित छन्

यस्तोमा पछिल्ला केही दिन यता रियल मड्रिडले क्रिष्टियानो रोनाल्डोले सनसनीपूर्ण पुनरागमन गराउन सक्ने रिपोर्ट आएका छन्

रोनाल्डोले लिभरपुल विरुद्ध कीभमा लगातार तेस्रो च्याम्पियन्स लिग जितेर २०१८को समरमा रियल म्याड्रिड छोडेका थिए।

स्पेनिस टोली र पोर्चुगिज स्ट्राइकर बीचको करियर भने रोमान्स भरिएको थियो। 

टोलीसँगको आफ्नो आठ वर्षको अवधिमा, क्रिस्टियानो रोनाल्डोले ४३८ खेलहरूमा ४५० गोल र १३२ असिस्ट गरे, चार च्याम्पियन्स लिग र २ लिग जितेका थिए।

 जबकि व्यक्तिगत रूपमा उनी ४ बालोन डी’ओरबाट सम्मानित भएका थिए।

तर रोनाल्डो रियल जाने कुरा भने पेरिसबाट एम्बाप्पेको आगमनमा भर पर्नेछ यदि रियलले उनलाई भित्र्याउन सक्षम भएमा रोनाल्डोको पुनरागमन कठिन हुने देखिन्छ

तर पेरिस र एम्बाप्पेको पछिल्लो बार्ता सकारात्मक रुपमा अघि बढेको हुँदा पेरिसले किलियनलाई युरोपकै सबै भन्दा बढी पारिश्रमिकमा पेरिसमै राख्न सक्नेछ

किलियन यदि रियल नभित्रिएको खण्डमा रियलले रोनाल्डोलाई भित्र्याउन सक्ने राम्रो अवस्था रहेको छ

तर, यो हल्ला नयाँ भने होइन । गत समरदेखि नै रोनाल्डोलाई टोलीमा फर्काउने बारे अड्कलबाजी गरिएको थियो, तर क्लबले वार्तालाई अस्वीकार गर्यो र त्यसपछि युनाइटेड विकल्पको रूपमा देखा परेको थियो।

तर यस वर्षको टोलीको प्रतिस्पर्धात्मकताको कमीले रोनाल्डोलाई निकै निराश बनाएको छ, त्यसैले उसले पनि टोलीबाट बाहिरिने बाटो खोज्नेछन्।

Leave a Reply

Next Post

एम्बाप्पे कथा : मड्रिड घोच्ने, पेरिस सहने

Mon May 2 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलमा हाल निकै चर्चामा रहेका फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेको लागि पेरिस र मड्रिडको ठुलो संघर्ष जारी छ। कुनै पनि हालतमा छाड्न नदिने पेरिसको अडान र कुनै हालतमा ल्याइ छाड्ने मड्रिडको संकल्पले रोचक मोड लिएको छ।  यो संघर्ष पछाडीको वास्तविकता पनि निकै रमाईलो रहेको छ। पेरिसले गत […]
%d bloggers like this: