ट्रान्सफर चहलपहल: लेवान्डोस्की, जिसस, डी जोंग र अन्य

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिजनको समाप्तिसँगै क्लबहरुले खेलाडी किन्ने तथा बेच्ने प्रक्रिया अघि बढाउन थालेका छन्।

बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्दोस्कीका लागी बार्सिलोनाले आफ्नो पहिलो प्रस्ताब राखेको रिपोर्ट स्पेनी पत्रिकाले जनाएका छन्।

पोलिस खेलाडी भित्र्याउन बार्सिलोनाले म्युनिखलाई पहिलो चरणमा ३० मिलियनको प्रस्ताव पेश गरेको बताइएको छ। 

लेवान्डोवस्कीले पनि बार्सा बाहेक अन्य क्लब नरोज्ने तर्क दिइरहेका बेला, बायर्न म्युनिखले भने उनले आफ्नो सम्झौताअनुसार नै बायर्नमा बस्ने स्पस्ट पारिसकेको छ।

संगै क्याटलन क्लबले यसै सिजन वुल्भ्सबाट लोनमा ल्याएका विंगर अडामा ट्राओरेलाई अनुबन्ध नगर्ने योजना बनाएको छ।

बार्सिलोनाका मिडफिल्डर फ्रानकी डी जोंग र म्यान्चेस्टर युनाइटेडको बारेमा भने थप जानकारी आउन अझै केही साता कुर्नुपर्ने देखिन्छ।

बार्सिलोनाका प्रशिक्षक जाभीले उनि महत्वपूर्ण खेलाडी भएको र उनलाई राख्न हरसम्भव प्रयास गर्ने बताएका थिए।

तर क्लबको अहिलेको आर्थिक अवस्थालाई मध्यनजर गर्दा जे पनि हुन सक्ने भनेर उनले पछिल्लो समयमा बताएका थिए। 

म्याचेष्टर सिटीसँग अर्को उपाधि जितेसँगै ग्याब्रियल जिससको भविष्यको बारेमा पनि चर्चा चुलिएको छ।

आर्सनलको ट्रान्सफर योजनामा प्रमुख खेलाडीका रूपमा रहेका जिससले म्यानचेष्टर सिटी छाड्ने संकेत देखाइसकेका छन्। 

म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पल पोग्बा र युभेन्टस बिचको निकटता अझ प्रगाढ हुँदै गएको इटालियन रिपोर्टले बताएका छन्।

फ्रान्सेली क्लब पिएसजीले आफ्नो प्रस्ताब पठाएपनि पोग्बा इटाली फर्कने योजना रहेको उनको श्रोतले बताएको छ।

एसी मिलानका भेट्रान खेलाडी ज्लाटन इब्रहिमोभिचले एसी मिलनसँग घरेलु लिग उपाधि जिते पश्चात, आफ्नो भविश्य बारे निर्णय गर्न अझै केही समय पर्खने बताएका छन्।

फ्रान्सेली खेलाडी एम्बाप्पेको ट्रान्सफरमा नमिठो मात खाएपछि रियलले मोनाकोका खेलाडी चोउमानि तर्फ नजर मोडेको छ।

उदयमान प्रतिभाका रुपमा रहेका चोउमानिका लागि मड्रिडसँगै युरोपका अन्य शिर्ष क्लबहरुले पनि प्रतिस्पर्धा गर्नेछन्। 

 

 

Leave a Reply

Next Post

सलाहले अपमान गरेको भालभर्देको भनाई, फाइनलमा तुजुक देखाईदिने

Tue May 24 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडका खेलाडी भालभर्डेले केही समय अगाडि मोहमद सलाहले गरेको टिप्पणीको बारेमा बोलेका छन्। लिभरपुलका स्टार खेलाडी मोहमद सलाहले रियल मड्रिडमा प्रवेश लगत्तै, आफुले फाइनलमा मड्रिडनै चाहेको बताएका थिए।  सेमिफाइनलमा भिल्लारियललाई पराजित गरे पश्चात सलाहले फाइनलमा आफूले म्यानचेष्टर सिटीभन्दा रियल मड्रिड चाहेको बताएका थिए।  उनको यो बोली […]
%d bloggers like this: