हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सिजनको अन्त्य नजिकिए संगै क्लबहरुले खेलाडीका लागि चहलपहल बढाएका छन्।
चेल्सीले वेस्ट ह्यामका मिडफिल्डर डेक्लान राइसलाई अनुबन्ध गर्न उत्सुकता देखाएको छ।
हाल क्रिस्टल प्यालेसमा लोनमा रहेको कोनोर गालाघरसँग नयाँ मिडफिल्डमा उतार्ने चेल्सीको रणनिती रहेको छ।
म्यानचेस्टर युनाइटेडले रिजर्भ गोलकिपर डीन हेन्डरसनका लागि कम्तिमा पनि ४० मिलियन तिर्नुपर्ने बताएको छ।
खेल्ने समय निकै कम मिल्न थालेपछि हेन्डर्सन क्लब छोड्न इच्छुक भएका छन् र न्यूकासलसँग उनको नाम जोडिएको छ।
रियल म्याड्रिडले एर्लिङ हालान्डको लागि एम्बाप्पेको अवस्था हेरेर कदम चाल्ने बताईएको छ, यद्यपि प्रिमियर लिग च्याम्पियन सिटि नर्वेजियनलाई भित्र्याउन अग्रपंक्तिमा रहेको छ।
सिजनको अन्त्यमा ६० मिलियनको प्रस्ताब आएमा रोमाले इटालीका युवा स्टार निकोलो जानिओलोलाई छाड्न दिने विचार गरिरहेको छ।
लिभरपुल युवा फुल ब्याक क्याल्भिन रामसे, ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्डको कभरको रूपमा हेरिरहेको बताईएको छ। १८ वर्षीय स्कट हाल एबरडीनबाट खेल्छन्।
बार्सिलोनाले फिलिप काउटिन्होसँग उनको आगामी भविष्यको बारेमा कुरा गर्ने भएको छ।ब्राजिलियनले एस्टन भिल्लामा लोन स्पेल उज्ज्वल रूपमा सुरु गरेपनि पछि फिक्का भएको छ।
बर्तमान स्थितिमा स्टीभन जेरार्डको पक्षले स्थायी ट्रान्सफरका बनाउनको लागि ३३ मिलियन तिर्ने कुरा दुबिधामा रहेको छ।
म्यानचेस्टर युनाइटेडले एभर्टनका युवा डिफेन्डर जराडको लागि स्काउट गर्न सुरु गरेको छ। युनाईटेडको बोर्डले उनलाई क्षमतावान युवा खेलाडीको रुपमा पहिचान गरेको छ।
लुका जोभिकलाई रियल मड्रिडले आफूलाई प्रमाणित गर्न मौका दिने तयारी गरेको छ। सर्बियाली खेलाडीले हाल करिम बेन्जेमाको ब्याकअपको रुपमा खेलिरहेका छन र एभर्टनका लागि समरमा उनको नाम जोडिएको छ।
चेल्सीले एजपिलीकुएटालाई समरमा बार्सिलोनामा जान अनुमति दिनेमा विश्वस्त रहेका छन्। त्यसका लागि स्ट्यामफोर्ड ब्रिजका अधिकारीहरूसँग वार्ता गर्न योजना बनाइएको छ।
बार्सिलोनाले जोर्दी अल्बा र ड्यानि आल्भेसको स्थितिलाई मध्यनजर गर्दै नयाँ फुल ब्याकहरुको लागि निगरानी बढाउने भएको छ।