ठुलो प्रतियोगिताको मुखमा टोलि विभाजित, एन्फा मौन

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पछिल्लो २४ घण्टामा एन्फाले देशको राष्ट्रिय स्तरको फुटबल उथलपुथल हुँदा अझै आफ्नो प्रतिक्रिया दिएको छैन।

एसियन कप छनौटको मुखैमा आएर नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुले प्रशिक्षण छाडेरै हिँड्दा पनि नेपाल फुटबल संघका अझै मौन देखिएको छ।

सधैं विवादको घेरामा रहेर आफ्नो गलत कार्यशैली र गैरजिम्मेवारपनको पराकास्टा रहेको नेपाल फुटबल सङ्घले यति सम्म चुपलाग्नु खेदपूर्ण छ।

संघले न कारबाही न समाधान, दुबै पक्षमा अहिलेसम्म एक शब्द पनि बोलेको छैन। 

देशमा फुटबलको विकास तथा गतिविधि जिम्मेवारी ग्रहण गरेर यस्तो सम्म हुँदा तथा समाधानका लागि आफ्नो तहबाट पहल नगर्नु कहालीलाग्दो कुरा हो।

एन्फाको भित्री स्रोतको कुरा अनुसार नेपाली राष्ट्रिय फुटबल टोलीमा बन्द प्रशिक्षण रहेका खेलाडीमध्ये १० खेलाडीले होटल छोडेको २४ घण्टाभन्दा बढी भइसकेको छ। 

छनोटमा सहभागीमध्ये १० खेलाडीले त अगाडि नै होटल छाडिसकेका थिए नै, त्यसमा पनि अन्य चार खेलाडीले पनि असन्तुष्ट व्यक्त गरेको खबर बाहिर आएको छ। 

एसियन कप छनौट जस्तो ठूला प्रतियोगिताको मुखैमा आएर यति ठूलो विवादको घेरामा पर्नु र त्यसका लागि एन्फाले आवश्यक कदम नचाल्ने नेपाली फुटबलको भविष्य अन्धकार तर्फ धकेलिएको छ। 

रोहित चन्द र प्रशिक्षक अल्मुताइरि बीचको विवादबाट सुरु भएको यस विषयले, समग्र नेपाली फुटबल प्रेमी तथा आम दर्शकमाझ ठूलो दुर्घटना निम्त्याएको छ। 

यसले राष्ट्रिय स्तरमा मात्र होइन अन्तर्राष्ट्रियस्तरमा पनि अब आउने प्रशिक्षकका लागि ठूलो बाधकको रुपमा अवरोध सिर्जना गर्न सक्छ। 

कुरा प्रशिक्षणमा सेवासुविधाको मात्र हैन, आफ्नो इज्जत र सहनशीलता सँगै एउटा खेलाडीमा हुनुपर्ने व्यवसायिकतामा पनि प्रश्न उठेको छ। 

गल्ती जुनसुकै पक्षबाट भएतापनि एउटा निश्चित प्रोटोकल भित्र बसेर, समस्याको समाधानका लागि सबैभन्दा ठूलो निकाय गुहार्नु को सट्टा आफैंले निर्णय लिनु पक्कैपनि राम्रो संदेश हैन।

प्रशिक्षकबाट भएको दुर्ब्यबारको कुरा अखिल नेपाल फुटबल संघको भन्नुको सट्टा आफै प्रशिक्षण छाडेर हिँड्ने गैर जिम्मेवार कार्य, अन्तराष्ट्रिय स्तरका खेलाडीहरूको मान मर्यादा विपरित रहेको छ। 

Leave a Reply

Next Post

नेपाल र जिम्बाबे बिचको खेलका लागि टिकट मूल्य तोकियो

Thu Apr 28 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल र जिम्बाबे ‘ए’ बिच आउँदो शनिबार देखि हुने अभ्यास सत्रको लागि नेपाल क्रिकेट संघले टिकट मूल्य निर्धारण गरेको छ।  नेपाल क्रिकेट संघले बिहिबार टिकटको बारेमा जानकारी गराउदै अभ्यास खेलका लागि रु १५० राखिएको जानकारी दिएको हो। किर्तिपुर स्थित त्रि.वि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलका लागि प्रसारण […]
%d bloggers like this: