डीबालाले लिए युभेन्टसबाट बिदा!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पालेर्मोबाट २०१५ मा युभेन्टसमा आवद्ध भएका अर्जेन्टिनी स्टार पाउलो डीबालाले क्लब छाड्ने भएका छन्।

सामाजिक सन्जालमा पोष्टमा प्रकाशित गर्दै अर्जेन्टिनी स्टार पाउले युभे संगको आफ्नो सहकार्य समाप्त भएको घोषणा गरे। 

उनि अर्को क्लब कहाँ जान्छन् भन्ने यकिन नभएपनि इटालीमै बस्न सक्ने आधारहरु भने बढेका छन्।

अर्को इटालीयन महारथी इन्टर मिलानले उनलाई भित्राउन सक्ने प्रबल सम्भावना रहेको इटालियन रिपोर्टले बताएका छन्।

यद्यपि उनको स्थितिलाई युरोपका अन्य शीर्ष क्लबहरुले पनि मध्यनजर गरिरहेका छन्।

युभेन्टस र लाजियो बीचको आइतवारको भिडन्त क्लबसँग उसको अन्तिम घरेलु खेल हुनेछ भने अन्तिम खेलको दिन फियोरेन्टिना भ्रमण गर्नेछन्।

आफूले यस सहकार्य अझै लामो सम्म सँग जाने लक्ष्य बनाएपनि साकार हुन नसकेको उनको भनाई थियो।

सामाजिक सञ्चालमा बताउँदै उनले क्लब छाड्न गाह्रो हुने भएपनि आफूले अब नयाँ कदमका लागि तयार रहनुपर्ने बताए। 

“यस समयमा सहि शब्दहरू फेला पार्न गाह्रो छ, किनकि हामी धेरै वर्षदेखि सँगै छौं र धेरै भावनाहरू सँगै थियौं,” उनले ट्विटरमा एक थ्रेड बताए।

“मैले सोचेको थिए कि हामी अझै धेरै वर्ष सँगै हुनेछौं, तर भाग्यले हामीलाई फरक बाटोमा राखेको छ।

युभेन्टसले मलाई दिएको हरेक खेल, हरेक गोल म कहिल्यै बिर्सने छैन ।

” युभेन्टसमा मैले परिपक्व हुन सिकें, बाँच्न र सपना देख्न सकेको छु।

“हामीसँग सात वर्षको जादू, १२ ट्राफी र ११५ गोलहरू छन् जुन हामीबाट कसैले खोस्ने छैन।”

“कठिन समयमा मलाई साथ दिनु भएकोमा धन्यवाद, तर भोलि यो शर्टसँग मेरो अन्तिम खेल हुनेछ। यो कल्पना गर्न गाह्रो छ, तर यो हाम्रो अन्तिम बिदाइ हुनेछ।”

“यो सजिलो हुनेछैन, तर म मुस्कानका साथ पिचमा पाइला टेक्नेछु र मेरो शिर माथि राखेको छु, युभेन्टसका लागि सबै कुरा दिएको छु। ” उनले बताए।

 

 

 

Leave a Reply

Next Post

दुई खेलमै सिजन गुमाएको आर्सनल!

Tue May 17 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्य लिग को तुलनामा निकै अप्रत्याशित छ भन्ने कुरा आर्सनलले यस सिजन पुष्टि गरेको छ। जारी सिजनको ३५औ चरणको खेल समाप्तिसम्म आइपुग्दा तेस्रो स्थानको चेल्सीसँग निकै नजिक रहेको आर्सनल अहिले पाँचौं स्थानमा झरेको हो।  एक बेला तेस्रो स्थानको टोलीसँग केवल तिन अंकको दुरीमा रहेको […]
%d bloggers like this: