डी ब्रुन र पेप ग्वार्डीओलाको नयाँ उपलब्धि

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिगमा सम्भवत सबैभन्दा उत्कृष्ट मिडफिल्डर डी ब्रुन र सिटिका कोच पेपले नयाँ उपलब्धि हासिल गरेका छन्। 

युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल अघि प्रिमियर लिगमा भएको खेलमा सिटिका ब्यबस्थापक र मिडफिल्डरले आ आफ्नो कोशेढुंगा पार गरेका छन्।

यसैसाता ब्राइटन लाइ ३-० ले पराजित गर्दा म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिगमा सबैभन्दा चाँडो २५० जितको किर्तिमान बनाएका छन्।

केवल ३४४ खेलमा म्यानचेष्टर सिटीको व्यवस्थापक बन्दा पेप ग्वार्डीओलाले सर एलेक्स, आर्सन वेंगर जस्ता दिन  दिग्गज म्यानेजरको रेकर्ड तोडेका हुन्। 

पेप भन्दा अगाडि उक्त किर्तिमान चेल्सी तथा म्यानचेस्टर युनाईटेडका पूर्व ब्यबस्थापक जोसे माउरिन्होको नाममा रहेको थियो।

जोसेले उक्त कोशेढुंगा पार गर्न ३९६ खेल खेलाएका थिए। सर एलेक्सलाई ४२४ खेल लागेको थियो भने वेंगरले ४३३ खेल खेलाउदा २५० प्रिमियर लिग जित निकालेका थिए।

अर्कोतिर म्यान्चेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुनले भने म्यान्चेस्टर सिटीका लागि ३००औ खेल खेलेका छन्।

२०१५ मा म्यानचेस्टर सिटीको जर्सी लगाएका केभिनले त्यसपश्चात सिटीको मुख्य इन्जिन बन्दै ८१ गोल र अविश्वसनीय रुपमा ११६ पटक एस्सिस्ट दिएका छन्।

लगभग ७ वर्षको अवधिमा म्यान्चेस्टर सिटीका लागि मिडफिल्डर केभिनले सिटीका लागि प्रमुख १० उपाधि जितिसकेका छन्। 

केभिनका बारेमा बोल्दै पेपले उनी म्यानचेष्टर सिटीका लागि आफ्नो नियुक्ति पश्चात टोलीमा सबैभन्दा महत्वपूर्ण खेलाडी रहेको बताए। 

सिटीमा दुवैले काम गरेको लगभग ६ वर्ष अन्तरालमा उनी एक अद्भुत खेलाडीको रुपमा विकसित भएको पेपले बताए। 

म्यानचेष्टर सिटीले आगामी साता च्याम्पियन्स लिगमा लगातार दोस्रो सेमिफाइनल खेल खेल्नेछ। 

अघिल्लो सिजनको उपविजेता रहेको म्यानचेष्टर सिटी यसपटक युरोपेली च्याम्पियन्स लिग जित्दै आफ्नो युरोपियन ट्रफीको क्याबिनेट भर्न चाहन्छ। 

च्याम्पियन्स लिग अन्तर्गत रियल मड्रिड विरुद्धको सेमिफाइनलको पहिलो लेग म्यानचेष्टर सिटीले आफ्नै घरेलु मैदानमा २७ अप्रिलमा खेल्नेछ।

 

Leave a Reply

Next Post

कस्तो छ त नेपाल बिरुद्द उत्रिने जिम्बाब्वे टोलि?

Fri Apr 22 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टोली विरुद्ध तीन एकदिवसीय र तीन टि ट्वान्टी श्रृंखलाका लागि जिम्बाबले भ्रमण टोली घोषणा गरिसकेको छ। नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासले अघिल्लो महिना भएको त्रिकोणात्मक सिरिज पछि जिम्बाबे ‘ए’ ले नेपाल भ्रमण गर्ने बताएका थिए। विश्वकप क्रिकेट लिग दुईको तयारीका स्वरुप नेपाली […]
%d bloggers like this: