डेम्बेलेलाई जाभीको प्रतिक्रिया : कि नयाँ सम्झौता गर, नगर्ने भए अन्तै जाउ

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जाभी हर्नान्डेजले सार्वजनिक रूपमा उस्माने डेम्बेलेलाई वर्तमान अवस्था सहज बनाउन आग्रह गरेका छन्।

उनले बार्सिलोनासँग अर्को समरमा समाप्त हुन लागेको आफ्नो सम्झौता नवीकरण गर्न इच्छुक छ कि छैन भन्ने अन्तिम निर्णय अहिले सम्म क्लबलाई दिन सकेका छैनन्।

अवस्था संग निराश बनेका बार्सिलोनाका प्रशिक्षक जाभीले डेम्बेलेसँग दुईवटा विकल्पहरू रहेको घोषणा गरेका छन्।

उनले या त सम्झौता विस्तारमा सहमत हुन सक्छन वा जनवरी ट्रान्सफर विन्डो बन्द हुनु अघि क्लब छोड्न सक्छन।

“म कसैको अपमान गर्न चाहन्न,” जाभीले बुधबार बार्सिलोनाको खेलअघिको पत्रकार सम्मेलनमा भने।

“सन्देश स्पष्ट छ: उसले या त नवीकरण गर्छ वा उसले [क्लब] छोड्ने देखिन्छ।

“यो सजिलो वा सुखद अवस्था होइन, तर क्लबको चासो हो।”

“हामी जटिल, कठिन परिस्थितिमा छौं। यदि उसले नवीकरण गर्दैन भने, क्लबले समाधान खोज्नुपर्छ। हामी यो अवस्थामा हुन सक्दैनौं। हामीले लामो समय पर्ख्यौं। [खेलकुद निर्देशक] माटेउ [अलेमानी] [डेम्बेलेको एजेन्टसँग] पाँच महिनासम्म कुराकानी गरेका छन् र हामी अब पर्खन सक्दैनौं।

“उनी मलाई बस्न चाहन्छ भन्छन्। उसलाई सोध्नुहोस् [किन उसले अहिलेसम्म नवीकरण गरेको छैन]।”

संगै जाभिले अराउजोको भविष्यकोइ बारेमा पनि बताएका छन्।

रोनाल्ड अराउजो आफ्नो सम्झौताको अन्तिम १८ महिनामा छन्, र जाभीले उरुग्वे अन्तर्राष्ट्रिय र बार्सिलोनाका खेलाडीलाई नवीकरणको लागि सम्झौतामा पुग्ने इच्छा व्यक्त गरेका छन्।

“[अराउजोको] नवीकरण प्राथमिकता हो,” जाभीले थपे।

“मेरो लागि, उ एक धेरै महत्त्वपूर्ण खेलाडी रहेका छन्। उनि एक असाधारण डिफेन्डर हुन र एक विजेतामा हुनुपर्ने चरित्र छ। हामि छिट्टै सम्झौतामा पुग्नु पर्छ, किनभने उनि वर्तमान र भविष्यका लागि खेलाडी हुन।

“उनी जस्तो खेलाडी हुनु सराहनीय छ। रोनाल्ड धेरै योगदान गर्ने मान्छे हो।”

 

Leave a Reply

Next Post

टि-ट्वान्टी विश्वकप छनौटका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा

Thu Jan 20 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल क्रिकेट संघ (क्यान) ले आगमी महिना हुने टि२० विश्वकप ग्लोबल छनोटको लागि अन्तिम १६ सदस्य टोली घोषणा गरेको छ। अस्ट्रेलियामा यसै बर्ष हुने टि – २० विश्वकप प्रतियोगताको छनौटका लागि नेपालले अर्को महिना बाट छनौट चरण खेल्ने तालिका रहेको छ। यसपटक टोलीमा नियमित तिब्र गतिका […]
%d bloggers like this: