ड्यानि आल्भेस बार्सिलोना फर्किने तयारीमा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ड्यानी आल्भेसले जनवरीमा क्लबमा सम्भावित पुनरागमनको बारेमा छलफल गर्न बार्सिलोनाका शीर्ष अधिकारीहरू केहि दिनमा बैठक गर्ने भएका छन्।

३८ वर्षीया आल्भेस सन् २०१६ मा बार्सिलोना छोडेका थिए तर क्लबले उनको ठाउँलाई उचित प्रतिस्थापन गर्न असफल भएको छ।

यस अघि सन् २००८ मा सेभिल्लाबाट २८ मिलियन युरोमा बार्सिलोना भित्रिएका ब्राजिलियनले सन् २०१६ सम्म ब्लाउग्राना टोलिको प्रतिनिधित्व गर्दै २३ ट्रफी जित्न सफल भएका थिए। 

सर्गी रोबर्टोले प्रायः अल्भेसको प्रस्थान पछि राईट ब्याक पोजिसन भरेका छन्, जबकि सर्जिनो डेस्ट र ओस्कर मिन्गुइजा पनि हालै त्यहाँ खेलेका छन्।

यु ओ एल द्वारा रिपोर्ट गरिए अनुसार, ब्राजिलियनले अर्को केही दिनमा स्पेनिश महारथी बार्सिलोना सँग सम्झौता गर्ने क्रममा रहेका छन्।

सम्झौताको तलब र करार समयको बारेमा पनि केहि दिनमै छलफल गरिने रिपोर्ट हरु बाहिर आएका छन्। अल्वेसले २०२२ को विश्वकपमा ब्राजिल टोलिमा आफ्नो स्थान लक्षित गर्दै पुनः एकपटक शिर्ष लिगमा फर्कन चाहेका हुन। 

सेलेकाओका लागि हालै सेप्टेम्बरमा पेरुविरुद्धको २-० को विश्वकप छनोट खेल खेल्दै उनी अझै पनि खेलिरहेका छन्। सन् २००६ मा डेब्यु गरेको यो उनको ११९औँ अन्तर्राष्ट्रिय क्याप थियो।

सबै भन्दा महत्वपूर्ण भनेको बार्सिलोनाका नयाँ म्यानेजर जाभीले आल्भेस भित्र्याउने सम्झौतामा हस्ताक्षर गर्नुपर्नेछ। यो जोडीले क्याटलान पक्षका लागि ८ बर्ष खेल्दै इतिहासकै सर्वश्रेष्ठ टोलि बन्न सफल भएको थियो। करियरको उद्गम वर्षहरूमा उनीहरूले लगातार लिग उपाधि जितेका थिए र च्याम्पियन्स लिगका लागि महत्वपूर्ण खेलाडी रहेका थिए।

राष्ट्रपति जोन लापोर्टाले भर्खरै अल्भेसको पुनरागमनको सम्भावनाको बारेमा टिप्पणी गर्दै: “डानी अल्भेसले क्लबलाई धेरै तरिकामा मद्दत गरिरहेका छन् र उनले हामीलाई खेलकुदको दृष्टिकोणमा आफ्नो मद्दत पनि प्रस्ताव गरे। [कार्ल्स] पुयोलसँग धेरै प्रत्यक्ष सम्बन्ध छ। जाभिलाई आवश्यक पर्दा उनीहरूले मद्दत गर्न सक्छन्।”

मुख्य प्रशिक्षकका रूपमा जाभीको पहिलो खेल अन्तर्राष्ट्रिय ब्रेकपछि इस्पानियोल विरुद्धको स्थानीय डर्बी हुनेछ।

 

Leave a Reply

Next Post

स्टिभन जेरार्ड बने एस्टन भिल्लाको नयाँ म्यानेजर

Thu Nov 11 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुलका पूर्व खेलाडी तथा स्कटिस क्लब रेन्जर्सका प्रशिक्षक स्टीभन जेरार्ड एस्टन भिल्लाका नयाँ प्रशिक्षकको रूपमा नियुक्त भएका छन्। यसै साता एस्टन भील्लाले आफ्ना पूर्व प्रशिक्षक डीन स्मिथलाई लिगमा खराब प्रदर्शन जारी राखेपछि बर्खास्त गरेको थियो। सन् २०१८ देखि स्कटिस क्लब रेनजर्सको प्रशिक्षकको रुपमा काम गरिरहेका ४१ […]
%d bloggers like this: