तैपेइबिरुद्द नेपालले कमाएको अंक मान्य नहुने !! यस्तो छ एसियन कप छनोटको बिस्तृत प्रक्रिया !

ASIAN CUP QUALIFIERS 2023 (2)

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ

पहिलो राउन्ड :

३५-४६ बरियतामा भएका १२ टोलिहरुले होम अवये फर्म्याटमा खेल खेले र, उक्त मध्ये ६ टोलिहरुले दोस्रो राउन्ड प्रस्थान गरे ।

दोस्रो राउन्ड :

पहिलो राउन्डबाट ६ टोलि र १-३४ स्थानमा भएका ३४ टोलि गरेर ४० टोलिहरुको ग्रुप बनाइयो। प्रत्येक पाच टोलि सम्मिलित ८ समूहहरु बनाइयो। आठ ग्रुपका ग्रुप टपर र ४ उत्कृष्ट रनर अप टोलिहरु बिश्वकप छनोटको तेस्रो राउन्ड र एसियन कपका लागि छनोट हुने छन।

ASIAN CUP QUALIFIERS 2023

१६ टोलिहरु : बाकी रहेको अरु चार रनर अप टोलिहरु , आठ तेस्रो स्थानमा रहेका टोलि र चौथौ स्थानमा रहेका चार उत्कृष्ट टोलिहरु एसियन कप छनोटको तेस्रो राउण्ड जाने छन ।

बाकी रहेका १२ टोलिहरुले प्ले अफ राउन्ड खेल्नेछन जसबाट आठ उत्कृष्ट टोलिले एसियन कप छनोटको तेस्रो राउण्ड मा मौका पाउने छन्।

प्ले अफ राउन्ड :

१२ टोलिहरुले होम अवये गरेर , दुई लेग फर्म्याटमा खेलहरु खेल्छन, र त्यसबाट आएका ८ उत्कृष्ट टोलिहरु एसियन कप छनोटको तेस्रो राउण्ड प्रवेश गर्ने छन्।

तेस्रो राउन्ड :

यहाँ, दोस्रो राउन्डबाट १६ र प्ले अफ बाट ८ गरि २४ टोलिहरु सहभागिता जनाउने छन । चार – चार टोलि गरि, ६ वटा ग्रुप निर्माण गरिन्छ। होम र अवये फर्म्याटमा सबै खेलहरु खेलिने छ्न र यहा बाट एसियन कपमा बाकी रहेका स्थानहरु भरिने छन । ११ अथवा १२ स्थानहरु खाली हुने सम्भावना रहेको हुन्छ।

अहिले नेपालको आफ्नो ग्रुपमा स्थान चौथौ रहेको छ। नेपालले दुबै खेलहरु पाचौ स्थानमा रहेको चाइनिज ताइपेइ बिरुद्द खेल्दै जितेको थियो, तर अरु सबै टोलिसङ्ग भने हार बेहोरेको छ।

नोर्थ कोरियाले एसियन कप छनोट बाट आफ्नो नाम निकाले पश्चात्, छनोट प्रक्रियामा केही परिवर्तन भएको छ। ग्रुपमा रहेका कुनै पनि टोलिले आफ्नो ग्रुपको पाचौ स्थानको बिरुद्दमा हासिल गरेका कुनै पनि अंक मान्य हुने छैन !!!

त्यसअर्थ जुन चार सम्म भएका सम्पुर्ण खेल पस्चात अंक तालिका यस्तो रहेको छ :

ASIAN CUP QUALIFIERS 2023 (2)
माथिलो तालिकाबाट उत्कृष्ट ४ टोलि सिधै राउन्ड ३ मा प्रबेश गर्ने छन भने बाकी चार टोलिले प्ले अफ खेल्ने छन !!

एसियन कपका लागि कति टोलिले मौका पाउने हुन सक्छ त ?

चीन र जापानले स्वत एसियन कपमा आफ्नो स्थान सुनिस्चित गरिसकेका छन। चिन होस्ट भएकाले स्वत छनोट भयो भने जापान आफ्नो ग्रुपको बिजेता भएको कारणले छनोट भैसकेको छ। चिनले यदि विश्वकप छनोटको तेस्रो राउण्ड प्रवेश गर्यो भने, एसियन कपमा १२ टोलिले सहभागिता गर्न पाउने छन् भने चिन छनोट नभएको खण्डमा ११ टोलिले सहभागिता जनाउने छन्। सबै १२ टोलि एसियन कप छनोटको तेस्रो राउण्डबाट आउने छन्।

Nepal vs Chinese Taipei

नेपालको स्थिति के छ?

नेपाल अहिले चौथौ स्थानमा रहेको छ भने एसियन कप छनोटको अंक तालिकामा भने अन्तिम स्थानमा रहेको छ। यदि नेपालले जोर्डन अथवा अस्ट्रेलिया कुनै एउटा टोलि बिरुद्दको खेलमा जित हासिल गर्न सके, नेपालको एसियन कप छनोटको तेस्रो राउण्डमा प्रवेश गर्ने सम्भावना बढ्छ। त्यस्तै यदि उत्कृष्ट चारमा पर्न नसके नेपालले प्ले अफ राउण्ड खेल्ने छ, त्यसमा १२ टोलिहरु सहभागी हुने छन् जस मध्ये ८ टोलीले एसियन कप छनोटको तेस्रो राउण्ड प्रवेश गर्ने छन।

2 thoughts on “तैपेइबिरुद्द नेपालले कमाएको अंक मान्य नहुने !! यस्तो छ एसियन कप छनोटको बिस्तृत प्रक्रिया !

Leave a Reply

Next Post

भिसा १० दिन ढिला उपलब्ध हुदा, वार्केस्टरशायरले रिलिज गर्यो सन्दिपलाइ !!

Sat Jun 5 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। नेपालका लेग स्पिनर सन्दिप लामिछाने टि-२० ब्लास्टमा अनुबन्धित भएका थिए। मे महिनाको अन्तिम सातामा इंग्ल्यान्ड पुग्न पर्ने सन्दिप भिसाको समस्याका कारण समयमा बेलायत पुग्न पाएनन। सन्दीपको भिसा भी एफ एस भिसा एण्ड कन्सल्टिंग कम्पनिले मिलाउनु पर्ने थियो। १० दिन अगाडी आउनु पर्ने भिसा हिजो ( शुक्रबार […]
Sandip Lamichhane has been selected to play in Vitality Blast
%d bloggers like this: