त्रिदेशीय सिरिजको उपाधि नेपाललाई

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| काठमाडौंमा सम्पन्न त्रिदेशीय टि ट्वान्टी प्रतियोगताको उपाधि नेपालले हात पारेको छ।

फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

नेपालले दिएको १६९ रनको बिजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १६.१ ओभर ब्याटिंग गर्दै सबै विकेट गुमाउदा ११८ रन मात्र बनाउन सक्यो।

न्युगिनीलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शानदार बलिंग गरेका थिए।

४ ओभर बलिंग गरेका दिपेन्द्रले १८ रन दिएर ४ विकेट आफ्नो नाम गरे। सन्दिपले दुई विकेट लिए भने करणले ३ विकेट लिए।

सदाझै पाहुना टोलि पपुवा न्युगिनीको ब्याटिंगमा आज पनि ओपनर जम्न सकेनन।

ओपनरद्वय लेगा सियका र कप्तान असद भाला समान ८ रन बनाउदा पेभेलियन फर्केका थिए।

चार्ल्स अमिनीले १५ रन जोड्दा अर्का अनुभवी ब्याट्सम्यान टोनी उरा डक आउट हुन पुगे।

टोलीले २५ रन जोड्दा माथिल्लो क्रमका ३ ब्याट्सम्यान गुमाउन पुगेको थियो। उसका लागी सेसे बाउके ५९ रनको प्रेरणादायी इनिंग खेलेपनि उपाधि जिताउन भने सकेनन्।

सेसे बाहेक अन्य ब्याट्सम्यानहरुको प्रदर्शन निकै फितलो रहेको थियो।

यसअघि टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन जोडेको थियो।

कुशलले २२ बलमा ५ चौकाको मद्दतले २५ रन बनाए भने आसिफ शेखले २९ रन बनाएका थिए।

दिपेन्द्र सिंह ऐरीले ३८ बलमा ५४ रन बनाए। करण केसीले खेलको अन्त्य तर्फ शानदार केमियो इनिंगको प्रदर्शन गरेका थिए। १२ बलको सामना गरेका करणले ३३ रन बनाए।

अर्धसतक संगै दिपेन्द्र सिंह ऐरीले भने टि ट्वान्टीमा १००० हजार पुरा गरेका छन्। नेपालबाट अन्तरास्ट्रिय टि-ट्वान्टीमा एक हजार रन पुरा गर्ने दिपेन्द्र पहिलो र एकमात्र खेलाडी रहेका छन्।

पपुवा न्युगिनीका तर्फबाट सेमो कामियाले उत्कृस्ट बलिंग गर्दै ४ ओभरमा १ मेडन राख्दै २८ रन दिएर ३ विकेट लिएका थिए।

त्यसैगरी अर्का मध्य गतिका बलर चाड सोपरले १ विकेट लिए भने दायाँ हाते तिब्र गतिका बलर कोबुवा मोराले ३९ रन खर्चिदै १ विकेट लिए।

 

Leave a Reply

Next Post

च्याम्पियन्स लिग: म्यानचेस्टर सिटि विरुद्ध एटलेटीको मड्रिड

Mon Apr 4 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल खेलहरु यसैसाताबाट सुरु हुँदैछन्। अन्तिम ८ अन्तर्गत यसैसाता हुने ठूला जम्काभेट मध्येको एक हो म्यानचेस्टर सिटि बिरुद्ध एटलेटिको मड्रिडको खेल।  क्वार्टरफाईनलको पहिलो लेगमा सिटिले घरेलु मैदान इतिहाद स्टेडीयममा एटलेटिकोको सामना गर्नेछ। युरोपेली च्याम्पियन्स लिगमा पछिल्लो एक दशकमा निकै राम्रो प्रस्तुति दिए पनि […]
%d bloggers like this: