थाईल्याण्ड विरुद्धको खेलअघि प्रशिक्षक अल्मुताइरिको प्रतिक्रिया

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुलाह अल्मुताईरीले थाईल्याण्ड भ्रमणमा राम्रो नतिजा अपेक्षा गरेका छन्।

फिफा वरीयता सुधार र एएफसी एसियन कप छनोटका तयारी स्वरूप आयोजना गरिएको मत्रिपूर्ण खेलमा थाइल्याण्ड जानुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको बिदाइमा बोल्दै प्रशिक्षक अल्मुताईरीले सकारात्मक प्रतिक्रिया जनाएका छन्।

‘थाइल्याण्ड राष्ट्रिय टिमविरुद्धको पहिलो खेल महत्वपूर्ण हुनेछ किनकि थाइल्याण्ड त्यही क्षेत्रको हो जहाँ इन्डोनेसिया पर्छ र उनीहरु जोर्डन र कुवेतको वरीयतामा रहेका छन् र यो हाम्रो लागि राम्रो हो,’ प्रशिक्षक अल्मुताईरीले भने।

फिफा वरियतामा नेपाल १६७औ स्थानमा छ भने थाईल्याण्ड ११२ औ स्थानमा रहेको छ।

‘जितले हाम्रो वरीयतामा सुधार गर्न मद्दत गर्छ।”

“विश्वकप छनोट खेलको प्रदर्शनले हाम्रो वरीयता सुधारिएको छ,’ प्रशिक्षक अल्मुताईरीले थपे, ‘यदि  थाइल्याण्डविरुद्ध जित निकाल्न वा बराबरी गर्न सके अझै वरीयता माथि पुग्नेछ । यो खेल वरीयतामा अंक थप्न मद्दत गर्छ ।’

‘राष्ट्रिय टिम बनाउन युवा खेलाडी प्रयोग गर्छु । जित्नु र हार्नु खेलको एक पाटो हो तर कुरा भनेको चोट नबोक्नु हो किनकि यो मैत्रीपूर्ण खेल हो,’ प्रशिक्षक अल्मुताईरीले भने

‘हामीले हृदय देखि खेल्नु महत्वपूर्ण हो । हामीले राम्रो गर्दै आएका छौं र मलाई लाग्छ हामीले जित निकाल्न सक्छौं ।’

यसपटक राष्ट्रिय टोलीमा भने लिग च्याम्पियन मछिन्द्रबाट खेलाडी समाबेश भएका छैनन र उक्त कदम बारे बोल्दै कोच अब्दुल्लाहले आफुलाई कुनै फरक नपरेको जनाए।

मछिन्द्रका खेलाडीहरु क्याम्पमा आएनन् र उनीहरु राष्ट्रिय टिममा छैनन् ।

मलाई लाग्छ जब राष्ट्रिय टिमको कुरा गर्छौं, हामीले अन्य कुराको वास्ता गर्नु हुँदैन कि मछिन्द्रका खेलाडी हामीसँग होस् या नहोस, त्यसले केहि फरक पार्दैन,’ प्रशिक्षक अल्मुताईरीले भने, ‘नेपाल राष्ट्रिय टिम सबै भन्दा ठुलो हो । कोच भन्दा ठुलो, संघ भन्दा ठुलो, खेलाडी भन्दा ठुलो, क्लब भन्दा ठुलो, सबै भन्दा ठुलो।’

‘मछिन्द्रका खेलाडी मसँग छैनन् भनेर रुने वाला छैन । यो सामान्य हो । हुन सक्छ उनीहरु मसँग एसिया कप छनोटमा समेत हुने छैनन्,’ उनले थपे।

 

Leave a Reply

Next Post

एनएसजेएफ अवार्ड्स : 'टिम अफ द इयर ' को अवार्ड नेपाली राष्ट्रिय फुटबल टोलिलाइ !!

Tue Mar 22 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। नेपाल स्पोर्ट्स पत्रकार संगद्वारा आयोजित पल्सर ईनएसजेएफ स्पोर्ट्स अवार्ड्स अन्तर्गत नेपालीराष्ट्रिय फुटबल टोलि सम्मानित। २०७७ सालमा भएको त्रिङ्कोणात्मक शृंखलामा ऐतिहासिक सफलता प्राप्त गरेको नेपाली फुटबल टोलिले ‘ टिम अफ द इयर ‘ को अवार्ड पाएको हो। उक्त शृंखलामा नेपाल, बंगलादेश र किर्गिस्तानबीच भएको थ्री नेसन्सकपमा नेपालले […]
%d bloggers like this: