हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| थाईल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आज भएको पहिलो अन्तरास्ट्रिय मैत्रीपूर्ण खेलमा थाईल्याण्ड विरुद्ध २-० को हार बेहोरेको छ।
थाईल्याण्ड स्थित चोन्पुरी मैदानमा भएको खेलमा घरेलु टोलीले दुवै गोल खेलको मध्यान्ह पछि गरेको थियो।
उसका लागि फिलिप रोलरले ७९औ मिनेटमा र चाओवात विराचार्टले ८९औ मिनेटमा गोल गर्दै थाई टोली नेपाल विरुद्ध २-० को जित दिलाए।
खेलमा निकै रक्षात्मक पद्दति अपनाएको नेपाली टोलीले बल आफ्नो बशमा पार्न नसकेपनि राम्रो डिफेन्सिभ खेल देखाएको थियो।
घरेलु टोली थाइल्याण्डलाई नेपालले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो।
थाइल्याण्डले बल पोसेसनमा अत्यधिक पकड जमाएपनि गोल गर्न सकेको थिएन। गोलरक्षक तथा कप्तान किरण चेम्जोङले केहि सुन्दर बचाउ गर्दै खतरा टारेका थिए।
दोस्रो हाफमा पनि राम्रो प्रस्तुति गरेको नेपालले डिफेन्डिंग इन नम्बर्स अपनाएको थियो। बेला बखत ४-४-२ देखिने फर्मेसन एक समय ६-२-२ को हुँदा थाई टोलीले नेपालको फाईनल थर्डमा खासै राम्रा मुभ बनाउन सकेको थिएन।
तर ८२ औं मिनेटमा थाइल्याण्डले अग्रता लियो। पेनाल्टी क्षेत्रभित्र नेपालका तीन डिफेन्डरले एकसाथ क्लिअर गर्ने प्रयास फिलिप रोलरलाई लाग्दै गोल भएको थियो।
निर्धारित समयको १ मिनेट बाँकी रहँदा थाइल्याण्डले अग्रता दोब्बर पार्यो। खेलमा नेपालका लागि प्रशान्त अवस्थीले सिनियर टोलीबाट डेब्यु गरेका थिए।
नेपालले अब आइतबार थाइल्याण्डको चोनबुरी फुटबल क्लबसँग खेल्नेछ।