दक्षिण अफ्रीकालाई हराउदै विश्वकपमा अस्ट्रेलियाको बिजयी सुरुवात

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टि-ट्वेन्टी विश्वकप प्रतियोगिता अन्तर्गत शनिबार भएको सुपर १२ अन्तर्गतको पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको छ।

दक्षिण अफ्रिका विरुद्धको खेलमा ५ विकेटको रोमाञ्चक जित हात पार्दै अष्ट्रेलियाले विश्वकपमा विजयी सुरुवात गरेको हो।

अबुधाबीस्थित जयद क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ११८ रनमा रोकेको थियो।

निकै खराब ब्याटिङ प्रदर्शन गरेको दक्षिण अफ्रिकाका टोलीको लागि आइदेन मार्करम बाहेक अन्य कुनै ब्याटस्म्यानहरुले गतिलो प्रदर्शन गर्न सकेनन्।

सर्बाधिक रन बनाएका मार्करमले ३६ बलमा ३ चौका र १ छक्काको मद्दतले ४० रन जोडे।

पुछारका ब्याट्सम्यान कागिसो रबाडाले १९ रन बनाउँदा डेविड मिलरले केवल १६ रन बनाए। ओपनर वभुमा व्यक्तिगत १२ रनमा पेभेलियन फर्किए भने क्यूनिटन डिककले ७ रन मात्र बनाए।

दक्षिण अफ्रिकालाई सामान्य लक्ष्यमा रोक्ने क्रममा अस्ट्रेलियाका बलरहरुले किफायती बलिङ गरेका थिए।

तीव्र गतिका बलर मिचेल स्टार्कले ४ ओभरमा ३२ रन दिँदै २ विकेट लिए भने जस हेजलउडले ४ ओभरमा १ मेडन राख्दै १९ रन दिएर १ विकेट लिए।

अहिलेको टीट्वेन्टी क्रिकेटमा उत्कृष्ट बलर मध्येका एक प्याट कमिन्सले १ विकेट लिए भने स्पिनर एडम जाम्पले ४ ओभरमा २१ रन दिँदै २ विकेट चटकाए।

११९ रनको सामान्य योगफल लिएर मैदानमा उत्रिएको अस्ट्रेलियन टोलीको सुरुवात भने राम्रो हुन सकेन। दोस्रो ओभरमा आरन फिन्चलाई गुमाएको कङ्गारु टोलीले २० रन जोड्दा अर्का ओपनर डेविड वार्नर गुमाउन पुगेको थियो।

केवल ३८ रन जोड्दा ३ विकेट गुमाइसकेको अस्ट्रेलियन टोलीलाई पूर्वकप्तान स्मिथ र म्याक्सवेलले सम्हालेका थिए। स्मिथले ३५ रन बनाए भने म्याक्सवेल १८ रनमा आउट भएका थिए।

अस्ट्रेलियाको छैठौं विकेटका लागि २६ बलमा ४० रनको साझेदारी गर्दै म्याथ्यु वेड र स्ट्वाईनिसले १९.४ ओभरमा ५ विकेटको नोक्सानीमा अष्ट्रेलियालाई रोमाञ्चक जित दिलाए।

४ ओभरमा १ मेडन राख्दै २ विकेट लिएका जस हेजलउड खेलको म्यान अफ दी म्याच घोषित भए।

 

 

Leave a Reply

Next Post

ला लिगामा आज बेलुकी बार्सिलोना र रियल मड्रिड भिड्दै

Sun Oct 24 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलमा सबैभन्दा बढी रुचाइएको र हेरिने एल क्लासिको अन्तर्गत यसवर्षको पहिलो खेल आज बार्सिलोनामा हुँदैछ। लिगमा तेस्रो स्थानमा रहेको रियल मड्रिडलाई आठौं स्थानमा रहेको बार्सिलोनाले आज बेलुकी आतिथ्यता गर्दैछ। केही सातायता निकै राम्रो प्रदर्शन गरिरहेको रियल मड्रिडले बार्सिलोना बिरुद्ध जित निकाल्ने धेरैले अनुमान गरिए तापनि […]
%d bloggers like this: