हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साबिकको बिजेता नेपाल पुलिस क्लबलाई हराउदै मनांग मर्स्यांग्दी क्लबले यस सिजनको दोस्रो गोल्डकप उपाधि जितेको छ
मदन भण्डारी रंगशालामा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले हराउँदै मनाङ यस सिजनको च्याम्पियन बनेको हो।
मनाङलाई उपाधि दिलाउन आफिज ओलावाले र शिशिर लेखिले एक एक गोल गरेका थिए।
मनांग मर्स्याङ्दीले यस अघि सुदुर पश्चिमको खप्तड गोल्डकपको उपाधि पनि आफ्नै पोल्टामा पारेको थियो।
गोल्डकप बिजेता मनाङ मर्स्याङ्दीले पुरस्कार राशी रु १३ लाख ११ हजार प्राप्त गरेको छ। उपविजेता बनेको पुलिसले ६ लाख ११ हजार पाएको छ।
यस अघि पुलिसले गोर्खा ब्वाइज स्पोर्टस क्लब रुपन्देहीलाई र मनाङले भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबलाई समान १–० ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए।
प्रतियोगितामा यसपटक सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन्।
त्यसैगरि सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकले समान २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।