दिपक चहारको नायकिय पारीमा भारतको श्रीलंकाबिरुद्द सनसनीपूर्ण जित !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको श्रीलंकालाइ तिन एकदिवसीय शृंखला अन्तर्गतको दोस्रो खेलमा तिन विकेटले पराजित गर्दै भारतले शृंखलालाइ आफ्नो बनाएको छ।

फर्नान्डो र भानुकाको सुरुवाती साझेदारी ७७ रनको हुदा, श्रीलंकाले राम्रो सुरुवात गरेको थियो। उक्त साझेदारीमा भानुकाको ३६ रनको योगदान रहेको थियो, जस अन्तर्गत उनले ६ चौका प्रहार गरेका थिए।

टोलीको स्कोर १२४ रन हुदा, अर्का ओपनर फर्नान्डोले भुबनेश्वोर कुमारको बलमा क्रुनाललाइ क्याच थमाउदै आफ्नो विकेट गुमाएका थिए। खेललाई निकै समयसम्म चलाउन सफल भएका फर्नान्डोले ७१ बलको सामना गर्दै चार चौका र एक छक्काका मद्दतले ५० रनको महत्वपूर्ण पारी खेलेका थिए।

खेललाइ अगाडी बढाउने क्रममा धनन्जय डि सिल्भा र असलंकाले महत्वपूर्ण साझेदारी गरे। जसका लागि डि सिल्भाले ३२ रन जोडे भने असलंकाले ६८ बलको सामना गर्दै ६ चौकाको मद्दतले ६५ रनको अत्यन्त जरुरी पारी खेले।

राम्रो सुरुवात गरेको श्रीलंका बिशाल स्कोर तर्फ अगाडी बढिरहदा चाहल र भुबनेश्वोर बाधक बन्न पुगेका थिए। लय पकडेका अभिस्का, असलंका लाइ पबिलियानको बाटो देखाउदै कुमारले लंकाका लागि निकै बाधा पुर्याएका थिए। त्यस्तै चाहलले पनि भानुका, रजपक्सा र कप्तान शनाकालाइ पबिलीयन फर्काएका थिए।

१९४ रनको स्थितिमा क्रिज प्रवेश गरेका करुनारत्नेले ४४ रनको आक्रामक अविजित पारी खेले। ३३ बलको सामना गरेका उनले पाच चौकाको मद्दतले ४४ रनको पारी खेलेका थिए, उनको यो पारीले नै श्रीलंकाका लागि मुख्य भूमिका खेलेको थियो। २४०-२४५ रनमा रोकिन सक्ने देखिएको श्रीलंकाको पारीलाइ उनको मद्दतले २७५ रन सम्म पुर्याएको हो।

२७६ रनको लक्ष्य पाएको भारतले आक्रामक सुरुवात त गर्यो तर विकेट जोगाउन भने चुक्यो। १२ ओभरमा नै पृथ्बी श, इशान किशान र शिखर धवनको रुपमा तिन महत्वपूर्ण विकेट गुमाएको भारतले बिचका २०-२५ ओभर दबाबमा खेलेको थियो।

दबाब सिर्जना गर्न पोख्त देखिएको श्रीलंकाले, भारतको १६० रन हुदानै ६ विकेट लिएको थियो। राम्रो कप्तानी देखिएको श्रीलंकाको बलिङ्गले निकै आकर्षक किसिमले खेललाइ अगाडी बढाएको थियो। हसरंगा, राजिथा, शानका, संदाकनले लगातार रुपमा विकेट लिदा, भारत दबाबमा परेको हो।

भारतका लागि, मनिष पाण्डे – जो रन आउट भएका थिए र संदाकनको बलमा आउट भएका सुर्यकुमार यादबले उल्लेखनिय योगदान दिएका थिए। अन्तिम आशाका रुपमा देखिएका क्रुनाल पाण्ड्यालाइ बोल्ड गर्दै, हसरंगाले आउट गरे पछि खेलमा भारतको हार निश्चित जस्तै भएको थियो। क्रुनालले ५४ बलको सामना गर्दा, तिन चौकाको मद्दतले ३५ रन जोडेका थिए। उनको विकेट गुम्दा, भारतको स्कोर १९३ -७ रहेको थियो।

श्रीलंकाका लागि खेलमा मुख्य रुपमा परिवर्तन ल्याउने क्रममा ब्याटिङ्ग तर्फ करुनारत्ने र बलिङ्ग तर्फ़ हसरंगाको महत्वपूर्ण भूमिका रहयो। ४४ रनको महत्वपूर्ण पारी खेलेका करुनारत्नेले राम्रो योगफलका लागि श्रीलंकालाइ प्रेरित गरे भने। पृथ्बी श, शिखर धवन र क्रुनाल पाण्ड्या – सबै सेट ब्याट्सम्यानलाइ आउट गर्दै हसरंगाले भारतको ब्याटिंगलाइ धराशायी पारेका थिए । तर सातौ स्थानमा ब्याटिङ्ग गर्न आएका दिपक चेहरले श्रीलंकाको जितलाइ मुखबाट खोसिदिएका थिए।

भारतको ब्याटिङ्गलाइ अन्त्यसम्म डोहोर्याउने क्रममा तल्लो क्रमका ब्याट्सम्यानहरुको राम्रो प्रयास रहन पुग्यो। सो प्रयासकै क्रममा सुर्य, क्रुनाल, भुबनेश्वर्को पारीले भारतलाइ जित तर्फ़ दोहोर्यायो। दिपक चेहरको ६९ रनको पारीले भारतलाइ जित दिलाएको थियो। चेहरले ८९ बलको सामना गर्दै ७ चौका र एक छक्काको मद्दतले ६९ रनको अविजित पारी खेल्दै भारतको जित निश्चित गरेका थिए। आठौ विकेटको ८४ रनको साझेदारीको मद्दतले जितको मुखमा पुगेको श्रीलंकाले हार बेहोरेको हो।

Leave a Reply

Next Post

बायर्न म्युनिकका मिडफ़िल्डरमा रियल मड्रिड, बार्सिलोना र म्यानचेस्टर युनाइटेडको चासो !!

Wed Jul 21 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। पछिल्लो पटक २०२० अन्तर्गतको च्याम्पियन्स लिगको बिजेता टोली बायर्न म्युनिकको सफलतामा मिड्फ़िल्डर लियन गोरेट्ज्काको ठुलो भूमिका रहदै आएको छ। अलाइञ्ज एरेनासंगको अनुबन्धन सकिन एक बर्षमात्र बाकी रहेका ग्रोएट्ज्काको यसबर्षको अनुबन्धन सकिएको खण्डमा आफ्नो क्लबमा भित्र्याउने तयारी गर्दै छन् रियल मड्रिड, बार्सिलोना र म्यानचेस्टर युनाइटेड। हालको खबरलाइ […]
%d bloggers like this: