दुई खेलमै सिजन गुमाएको आर्सनल!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्य लिग को तुलनामा निकै अप्रत्याशित छ भन्ने कुरा आर्सनलले यस सिजन पुष्टि गरेको छ।

जारी सिजनको ३५औ चरणको खेल समाप्तिसम्म आइपुग्दा तेस्रो स्थानको चेल्सीसँग निकै नजिक रहेको आर्सनल अहिले पाँचौं स्थानमा झरेको हो। 

एक बेला तेस्रो स्थानको टोलीसँग केवल तिन अंकको दुरीमा रहेको आर्सनल अहिले च्याम्पियन्स लिग छनोटबाट लगभग बाहिरिएको छ। 

लिगमा केवल तीन खेल बाँकी रहँदा चार अंकको अग्रता बनाउँदै झण्डै ५ सिजन पश्चात युरोपमा छनौट हुने सम्भावना देखाएको गनर्स अब चमत्कारको पर्खाईमा छ।

अफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी स्पर्स विरुद्ध र न्युक्यासल युनाइटेड विरुद्ध लगातारको २ हारले गनर्सलाई सिजनमा अप्रत्याशित नतिजाको संघारमा पुर्याएको छ। 

टोलीमा ठूलै परिवर्तन पछाडि युवा खेलाडीको बाहुल्य रहेको आर्सनलले सिजनको मध्यभागमा निकै राम्रो प्रदर्शन गर्दै यूरोपमा आफ्नो स्थान पक्का गर्ने लगभग तय थियो।

आर्सनलका व्यवस्थापक मिकेल आर्टेटा आफ्नो चौथो व्यवस्थापकीय सिजनमा, आर्सनललाई पहिलोपटक च्याम्पियन्स लिगमा छनौट गराउने उद्देश्यमा सफल हुन लागेका थिए। 

चेल्सीको खराब प्रदर्शन र आर्सनलले एकपछि अर्को खेलमा अङ्क बटुल्दै जाँदा, सिजन अन्त्य सम्म तेस्रो स्थान हात पार्न सक्ने भविष्यवाणी गयल भएको छ।

अहिलेको ताजा स्थितिमा स्पर्स ३७ खेलमा ६८ अङ्क साहित चौथो स्थानमा उक्लिएको छ भने आर्सनल समान खेल खेल्दै ६६ अंक सहित पाँचौं स्थानमा छ। 

त्यसमाथि पनि स्पर्शले सबैभन्दा पुछारको टोली नर्भिच सिटि विरुद्ध सिजनको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दा आर्सनलले रेलिगेसन जोगाउन संघर्ष गरिरहेको एभर्टन संग प्रतिस्पर्धा गर्दैछ।

आर्सनलको तुलनामा उसको निकटतम प्रतिद्वन्दी स्पर्शलाई सजिलो खेल देखिएको छ जसले गर्दा स्पर्सको च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना निकै बलियो भएको छ। 

च्याम्पियन्स लिगमा छनौट हुन आर्सनललाई ठुलै चमत्कार हुन आवश्यक देखिन्छ।

Leave a Reply

Next Post

पिएसजीको दशककै सबैभन्दा बढी कमाई, कारण मेस्सी

Tue May 17 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेनले पछिल्लो दशककै यताकै सबैभन्दा बढी कमाइ गर्न सफल भएको छ।  यसै सिजन अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई आफ्नो क्लबमा भित्र्याए पश्चात, क्लबले आफ्नो कमाइमा अपत्यारिलो परिवर्तन देखाएको हो।  युरोपेली च्याम्पियन्स लिगमा नकआउट चरणमै बाहिरिए पनि लियोनल मेस्सी संगै आएका प्रायोजक तथा जर्सी विक्रीका कारण […]
%d bloggers like this: