दुई नयाँ आइपिएल टिमको मूल्य २० हजार करोड

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इण्डियन प्रिमियर लिग आइपिएल नयाँ संस्करण २०२२ का लागि दुई नयाँ टोली यसै साता छानिएका छन्।

दुबईमा भएको लिलामी प्रक्रियामा दुई नयाँ टोली लखनउ र अहमदाबाद सबैभन्दा बढी बोली लगाउँदै दुई नयाँ टोलीको रुपमा आइपिएलमा प्रवेश गरेका छन्।

सन् २०१६ र २०१७ को आइपिएल खेलेको राईजिंग पुनेका मालिक गोयन्का ग्रुपले लखनउलाई करिब ७ हजार ९० करोड भारु बोलि लगाएपछि आफ्नो नयाँ टिम आइपिएलमा भित्र्याएको छ।

सिभिसी क्यापिटल पार्टनरले ५ हजार ६२५ करोड भारुमा अहमदाबादलाई अर्को आइपिएल टोलीको दोस्रो नयाँ टोलि बनायो।

दुई नयाँ टोलि थपिए संगै सन् २०११ पछि अबको नयाँ आइपिएल संस्करणमा १० टोलीले प्रतिष्पर्धा गर्नेछन्।

दुई नयाँ टोलीको बोलि अपेक्षा गरिए भन्दा बढी आएको भारतीय क्रिकेट बोर्डले जनाएको छ। प्रक्षेपित १० हजार करोडको आँकडामा दुई नयाँ टोलीको बोलले करिब साढे १२ हजार भारु ( नेपाली २० हजार करोड बढी) नाघेको थियो।

आईपीएलको टिमको रेसमा ६ शहरको नाम थियो जसमा अहमदावाद, लखनऊ, कटक, धर्मशाला, गुवाहाटी, इन्दौर सामेल थियो। जसले सबैभन्दा बढी बोलि लगाउनेछ उसै संग आफ्नो शहर र टिम चुन्ने स्वतन्त्रता दिईएको थियो।

प्राविधिक परीक्षणको अन्तिम चरणमा बोलपत्रहरू राख्न योग्य हुने कम्पनीहरूमा आरपी-एसजी, अदानी समूह, एचटी मिडिया प्राइभेट लिमिटेड, टोरेन्ट फार्मा, अरबिन्दो फार्मा, अल कार्गो, सीभीसी, कोटक समूह एक कन्सोर्टियम र ग्लेजरहरू समावेश थिए।

Leave a Reply

Next Post

प्रशिक्षक अब्दुल्ला अल्मुताईरीको कार्यकाल थप ३ बर्ष लम्बियो

Wed Oct 27 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताईरिको कार्यकाल थप तीन वर्षका लागि लम्बिने भएको छ। अखिल नेपाल फुटबल सङ्घ र प्रशिक्षक अब्दुल्ला बीच ३ वर्षे कार्यकालका लागि सम्झौता भएको हो। नेपाली राष्ट्रिय फुटबललाई गत महिना ऐतिहासिक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका अब्दुल्लाले आफूलाई नेपालकै सर्वाधिक सफल प्रशिक्षक […]
%d bloggers like this: